साप्ताहिक संवाददाता
कार्तिक २१, २०७१
नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार नेवार समुदायका युवतीहरूको सशक्तिकरण, उनीहरूको आत्मविश्वास अभिवृद्धि, व्यक्तित्व विकास, प्रतिभा प्रस्फुटन, सामाजिकीकरण, मौलिक परम्परा, रहन सहन, संस्कृतिजस्ता पक्षमा महत्वपूर्ण जानकारी दिने, अभिमुखीकरण गर्ने तथा त्यसप्रति उत्तरदायी बनाउने हेतुले प्रतियोगिताको आयोजना हुँदै आएको छ । सन् २००५ देखि सञ्चालन हुँदै आएको यो प्रतियोगितामा हालसम्म सविता श्रेष्ठ, सुविता प्रधान, सुप्रिया तुलाधर, आकाशा बज्राचार्य, योगिता महर्जन, सुजिना शाक्य, सुनिता डंगोल, सुदिना श्रेष्ठ तथा अलिशा बज्राचार्यले मिस नेवा:को उपाधि जितिसकेका छन् ।