साप्ताहिक संवाददाता
कार्तिक २१, २०७१
यो प्रतियोगिताका लागि ५ हजारदेखि ७ हजार प्रतिस्पर्धीको आशा गरिएको छ, जसमध्ये ३ हजार प्रतिस्पर्धी सेमिफाइनल तथा हजार जना फाइनलका लागि छानिनेछन् । फाइनलिस्टहरूबाट टप २५ जना छानिएपछि प्रथम, द्वितीय तथा तृतीय घोषणा गरिनेछ । यो प्रतियोगिताका मार्फत विश्वव्यापी हस्तलेखन प्रतियोगितामा १ हजार जना फाइनलिस्टको हस्तलेखन पठाइनेछ ।
यस अघि २०१४ मा अल विश्वव्यापी हस्तलेखन प्रतियोगितामा पठाइएका हस्तलेखनबाट दुई नेपाली विद्यार्थी छुट्टा-छुट्टै विधामा विश्व च्याम्पियन बन्न सफल भएका थिए । सन् २००० देखि वल्र्ड ह्यान्डराइटिङ कन्टेस्टको आयोजना हुन थालेको सो प्रतियोगितामा आर्टिष्टिक ह्यान्डराइटिङ विधामा जेम्स स्कुलकी स्वणिर्मा शाक्य तथा कर्सिभ ह्यान्डराइटिङ विधामा होलि गार्डिन स्कुलकी रक्षा अर्याल विश्व च्याम्पियन भएका हुन् ।