साप्ताहिक संवाददाता
कार्तिक २१, २०७१
पुरातत्त्व विभागको प्राचीन नेपाल नामक पुस्तकअनुसार गोश्वारा हुलाक अगाडिको सालिक रणोद्धिप शाहको हो भने टुँडिखेलको उत्तरपट्टि नेपाल विद्युत् प्राधिकरणछेउको सालिक वीरशमशेरको हो । यता टुँडिखेलकै दक्षिणपूर्वी कुनामा प्रधानमन्त्री चन्द्रशमशेरको सालिक छ भने आर्मी अफिसर्स क्लबको भद्रकालीपट्टकिो कुनामा जुद्धशमशेरको सालिक छ । अन्य सालिकमा श्रीपेच देखिए पनि जुद्धशमशेरको सालिकमा हेल्मेट प्रयोग गरिएको छ । महांकाल मन्दिर सैनिक मञ्चको कुनामा चाहिं जंगबहादुरका कान्छा भाइ कमान्डर इन चिफ जनरल धीरशमशेरको सालिक छ । ती सालिक बेलायतमा निर्माण गरेर नेपाल ल्याइएको हो ।