लिटिल प्रिन्स नेपालको तेस्रो संस्करणमा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै साइमन थापाले लिटिल प्रिन्स नेपाल-२०१४ को उपाधि हात पारेका छन् । उक्त प्रतियोगितामा प्रणय श्रेष्ठले फस्ट रनर्सअपको उपाधिसँगै डिसिप्लिनको एवार्डसमेत जितेका थिए भने डिरन बानियाँ सेकेन्ड रनर्सअपका साथै पंच्युयालिटी एवार्ड हासिल गर्ने सफल भएका थिए । उक्त प्रतियोगितामा रोहन श्रेष्ठले फ्रेन्डसिप, आर्यक बस्यालले ट्यालेन्ट, युनिस तामाङले क्यूट, कीर्तन श्रेष्ठले वाक, अतीत भट्टराईले स्पोर्टस प्लेयर, रिवेस अमात्यले पर्सनालिटी, इभान श्रेष्ठले बेस्ट डे्रस, आर्जन श्रेष्ठले स्माइल तथा मिजल प्रजापतिले फोटोजेनिक अर्वाड प्राप्त गरे ।