साप्ताहिक संवाददाता
- लिटिल प्रिन्स झरना
कति पटक नुहाइन्छ, कति पटक मुख धोइन्छ, कति पटक ट्वाइलेट गइन्छ, कति पटक ब्रस गरिन्छ भनेर मैले अहिलेसम्म गनेको छैन । जाडो न गर्मी नुहाउन त परिहाल्यो । स्नान नगरी त सफाइ नै हुँदैन नि, हैन र ?
नढाँटी भन्नुहोस् त तपाईंको, हास्यकारिता पहिलेको तुलनामा केही सुस्ताएको हो ? एक जमानामा त खुब हिट हुनुहुन्थ्यो ।
- सन्तोष सिम्खडा
नढाँटी भन्नुपर्दा देशको परिस्थिति, लोडसेडिङ र अरू विभिन्न समस्याले गर्दा बेलाबेलामा तलमाथि हुनु स्वभाविक हो । मलाई त्यस्तो महसुस भा'को छैन, किनभने म पहिले जस्तो थिएँ अहिले पनि त्यस्तै छु र पहिलेजत्तिकै व्यस्त छु ।
तपाईंलाई मोटा मानिस मन पर्छन् कि दुब्ला ?
- सन्तोष कार्की
म मान्छे मोटो-पातलो हेर्दिनँ । यो त मान्छेको शरीरको संरचना हो नि । मोटो होस् वा दुब्लो, राम्रो हुन असल र इमानदार हुनुपर्छ । म तौलसँग चासो राख्दिनँ ।
नेपालमा कलाकार भएर जीवनयापन गर्न सजिलो छ कि छैन ?
- गणेश घिमिरे
असाध्यै सजिलो छ तर क्षमताचाहिं टन्नै हुनुपर्छ ।
तपाईंलाई सेक्समा एकदम रुचि छ रे हो ?
- लक्ष्मण मगर
हे भगवान् ! कस्तो प्रश्न गर्या ? म त मर्छु कि क्या हो ? लक्ष्मणजी, यो मान्छेको अत्यन्तै व्यक्तिगत कुरा हो । कसले कति गर्छ ? कसरी गर्छ ? कहिले गर्छ ? त्यो उसैमा भर पर्छ । त्यसैले कति रुचि छ भन्ने कुरा मैमा भर पर्छ, यसलाई सार्वजनिक नगरौं होला ।