असल बाइटस्
जोली स्वभाव : परिचितहरूसँग मात्र जिस्कने र ठट्टा गर्ने अनि सधै हाँसिरहने उनको स्वभाव राम्रो लाग्छ ।
फरक स्वर : उनको आवाजमा एक प्रकारको मिठास् छ, जसले उनलाई आफ्नो फरक शैली विकसित गर्न मदत गरिरहेको छ ।
मनको सफा : उनको मनमा कपट छैन र कसैको चित्त दुखाउन नचाहने स्वभाव छ ।
कुशल नृत्याङ्गना : केकीमा नृत्यका स्टेपहरू सहजै टिप्न सक्ने अदभूत प्रतिभा छ ।
राम्रो अभिनेत्री : उनी चलचित्र वा म्युजिक भिडियोमा दिइएको भूमिकालाई दुरुस्तै उतार्न सक्ने खुबी भएकी प्रतिभाशाली अभिनेत्री हुन् ।
खराब बाइट्स
जसको कुरा पनि पत्याउने : जसले जे भने पनि 'होला नि' भन्दै पत्याउने बानी छ ।
पहिरन छनौट : यदाकदाबाहेक उनी आफूलाई सुहाउने
पहिरनको रंग र डिजाइन छनौट गर्न चुकेकी हुन्छिन् ।
अर्काको सहयोग नै ठूलो : कसैको कामका लागि आफु प्रयोग भैरहेको समेत थाहा पाउँदिनन्, अरूलाई सहयोग गर्दा आफ्नो काम बिगि्ररहेको पनि पत्तो पाउन्नन् ।
जुनबेला पनि फेसबुक : मोबाइलमा जतिबेला पनि फेसबुक चलाएर बस्छिन्, अरू तिर पनि ध्यान दिए हुन्थ्यो नि !
कुरा लुकाउन नसक्ने : कतिपय कुरा लुकाउनु नै बुद्धिमानी ्र
हुन्छ । उनी भने अलिकति चिनाजानी भयो कि सबै कुरा सुनाउँछिन् ।