बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा यन्त्र र कलालाई मिश्रण गरेर यन्त्रकला प्रदर्शनी भैरहेको छ । 'यन्त्र थ्री प्वाइन्ट जिरो आर्ट प्लस टेक' शीर्षकको उक्त प्रदर्शनीमा कला र यन्त्रबीचको संयोजन प्रस्तुत गर्न आठवटा प्रतिस्थापन कला राखिएका छन् । भावना र अभिव्यक्ति रहने कलालाई विशुद्ध प्रविधि अर्थात् यन्त्रसँग सामञ्जस्य गरेर प्रदर्शनमा राखिएको यो यन्त्रकलाले आगन्तुकहरूलाई चकित तुल्याइरहेको छ । प्रदर्शनीको आयोजना रोबोटिक एसोसियसन अफ नेपाल, कारखाना तथा साफ एजुकेशन इनोभेटिभद्वारा संयुक्त रूपमा गरिएको हो ।