पप गायक गायक दीपक बज्राचार्यले गत शनिबार लाइभ कन्सर्टमार्फत आफ्ना लोकपि्रय गीतहरू सुनाए । कीर्तिपुरको फुटबल मैदानमा इन्द्रायणी परिवार क्लबले आयोजना गरेको कन्सर्टमा दीपकले आफ्ना नयाँ तथा पुराना लोकपि्रय गीतहरू प्रस्तुत गरेका थिए । आफ्ना कन्सर्टमा परम्परागत बाजाका साथ देखा पर्न थालेका दीपकले शनिबारको कन्सर्टमा पनि ती बाजाहरूको प्रयोग गरे । त्यसका लागि उनलाई 'रिदम' ब्यान्डका साथै अन्य केही वाद्यवादकले सघाएका थिए । यही कन्सर्ट भोलि शनिबार भक्तपुरमा आयोजना गरिने गायक बज्राचार्यले बताएका छन् ।