कार्तिक २८, २०७१
पुराना गायक तथा संगीतकार लाक्पा शेर्पा दार्जीलिङमा सम्मानित भएका छन् । लामो समयदेखि नेपाली गीत-संगीतमा पुर्याएको योगदानको कदर गर्दै गायक शेर्पालाई सम्मान गरिएको हो । अघिल्लो साता सर्जक मञ्च दार्जीलिङले आयोजना गरेको सांगीतिक समारोहमा गायक शेर्पा सम्मानित भएका हुन् । समारोहमा दार्जीलिङका नेपाली भाषी संगीतकर्मीहरूको बाक्लो उपस्थिति थियो ।
प्रतिक्रिया