२८५० औं सोनाम ल्होछारको अवसरमा एभरेस्ट फेसन होमले 'मिस तामाङ' प्रतियोगिताको नयाँ संस्करण आयोजित गर्ने भएको छ । तामाङ समुदायको सांस्कृतिक एवं जातीय पहिचानका विविध पक्षमा केन्दि्रत हुने यो प्रतियोगितालाई तामाङ युवतीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा प्रतिभा प्रस्फुटनको अवसरका रूपमा लिइँदै आएको छ । आयोजक संस्थाले उल्लेख गरेअनुसार यो प्रतियोगितामा एसएलसी उत्तीर्ण गरिसकेका १७ देखि २५ वर्ष उमेर समूहभित्र पर्ने तामाङ युवतीहरूले सहभागिता जनाउन सक्नेछन् । उनीहरूको न्यूनतम शारीरिक उचाइ ५ फिट हुनुपर्नेछ । मिस तामाङ-२०१५ मा सहभागिताका लागि नोभेम्बेर महिनाको अन्तिमसम्ममा आवेदन फारम भरिसक्नुपर्नेछ भने आगामी जनवरी २४ तारिखमा प्रतियोगिताको ग्रान्ड फिनाले सम्पन्न हुनेछ । यसअघि जेनिशा मोक्तान, उपाली ग्याबोक, समी भज्यु, रोजिना घिसिङ, सुमि मोक्तान, लाक्पा वाङमो तामाङ तथा मुनाश्री लामाले मिस तामाङको उपाधि जितेका थिए ।