एक्सपोजनेपाल डटकमले शुक्रबार एउटै र्याम्पमा तीन भिन्न प्रतियोगिता सम्पन्न गरेको छ । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित 'मिस्टर मिस एन्ड मिसेस राजधानी-२०१४' मा साम पुनले मिस्टर राजधानी, सम्झना भुजेलले मिस राजधानी तथा अनु कालिराजले मिसेस राजधानीको उपाधि जितेका छन् । गीत, संगीत तथा हास्य प्रस्तुतिसहितको प्रतिस्पर्धा परिचयात्मक चरण हुँदै अघि बढेको थियो । दोस्रो चरणमा तीनै विधाका प्रतिस्पर्धीहरूले बेस्ट डे्रसका लागि आ-आफ्नो रोजाइका पहिरन प्रदर्शन गरे । त्यसपछिको चरणमा मिस्टर तथा मिस राजधानीको विधाका टप टेन प्रतिस्पर्धीको छनौट गरियो भने मिसेस राजधानीमा प्रतिस्पर्धीलाई सोझै निणर्ायक चरणसम्म पुर्याइयो । निणर्ायक चरणमा सोधिएका तीन भिन्न प्रश्नको जवाफ दिँदै विजेताको घोषणा गरिएको हो । यो प्रतियोगितामा संसद् शाह तथा रितेश रामपालले मिस्टर राजधानीतर्फको फस्ट तथा सेकेन्ड रनर्सअपको उपाधि जिते भने समुद्रा केसी तथा कञ्चन गौतमले मिस राजधानीतर्फको फस्ट रनर्स अप तथा सेकेन्ड रनर्सअपको उपाधि जिते ।