विभिन्न १६ इन्जिनियरिङ कलेजका २२ टिम उक्त पुल निर्माण गर्न जुटेका छन् । उनीहरूका हातमा एन्ड्रोइड एपद्वारा सञ्चालन गर्न सकिने बलिया रोबोट छन् । अन्त्यमा विराटनगरको पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ इन्जिनियरिङका 'पुसेट रोबो' टीमले सबैलाई पछि पारेर उपाधि हासिल गर्यो । उक्त प्रतिस्पर्धामा ख्वप इन्जिनियरिङ कलेजका रोबो ख्वप फर्स्ट र्रनर्सअप तथा कलेज सकेर बसेका नेपाली ड्रोइड सेकेन्ड र्रनर्सअप भए ।
अर्को दृश्यमा रोबोट निर्माणमा चासो राख्ने युवाहरूले निर्माण गरेका अटोमेटेड रोबोट छन् । उनीहरू दौडका लागि तयार छन् । दौड सुरु भयो । उनीहरू निश्चित ट्रयाकमा दौडिएका थिए । यसको नाम यन्त्र रेसर राखिएको छ । खास गरी प्लस टु लेभलका विद्यार्थीहरूको यो क्षेत्रको प्रतिभा उजागर गर्न यो प्रतियोगिता आयोजित गरिएको थियो । विभिन्न प्लस टु कलेजका १६ टिम सहभागी उक्त प्रतियोगितामा पिनाकल कलेजको टिम टर्बोले प्रथम स्थान हासिल गर्यो । त्यसैगरी पेन्टागन कलेजको पेन रोबो तथा पेन्टागनकै मोसाफ एक्स-फ्याक्टर फर्स्ट र सेकेन्ड र्रनर्सअप भए ।
अर्को स्थानमा प्रतिस्पर्धी रोबोटहरूले अर्को रोबोटलाई रेस्लिङमा जस्तै गरी रिङ बाहिर फाल्न प्रयास गरिरहेका छन् । दुर्इ रोबोटको फरक-फरक भिडन्तमा एउटा रोबोट रिङबाट बाहिर जान्थ्यो र अर्कोले जित्थ्यो । उक्त प्रतिस्पर्धामा २७ प्रतियोगी सहभागी थिए । अन्त्यमा कान्तिपुर इञ्जिनियरिङ कलेजको राल्फ केइसी समूहले बाजी मार्यो । त्यसैगरी मार्टिर साइन्स स्कुलको मार्टिर साइन्स र काठमाडौं इन्जिनियरिङ कलेजकोर् इपीसी १०२ फर्स्ट र्रनर्सअप र सेकेन्ड र्रनर्सअप भए । यसको नाम यन्त्र अखन्ड राखिएको छ गत शुक्रबार लगनखेलस्थित आर्मी फिजिकल ट्रेनिङ एन्ड स्पोर्ट्स सेन्टरमा नेसनल रोबोटिक्स प्रतियोगिता सम्पन्न भयो । त्यही प्रतियोगिताका दृश्य हुन् यी । काठमाडौं बाहेक पोखरा र विराटनगरका विभिन्न इन्जिनियरिङ कलेज तथा प्लस टु लेभलका विद्यार्थीहरू सहभागी उक्त प्रतियोगितामा ६४ टिमका २ सय ६० प्रतियोगीले भाग लिएका थिए । तीन फरक शर्ीषकमा खेलाइएको प्रतियोगिताका खेललाई ब्रिज टु लंका, यन्त्र रेसर र यन्त्र अखन्ड नामकरण गरिएको थियो । यन्त्र ३.० अर्न्तर्गत भएको उक्त रोबोटिक्स प्रतियोगितालाई द रोबोटिक्स एसोसिएसन अफ नेपालले आयोजना गरेको थियो ।
गत साताभर नै प्रविधि र कला क्षेत्रका अनुरागीहरूका लागि उपयोगी इभेन्ट यन्त्र ३.० सम्पन्न भयो । उक्त इभेन्ट रोबोटिक्स एसोसिएसन अफ नेपाल, कारखाना तथा सिर्द्धार्थ आर्ट फाउन्डेसनको संयुक्त प्रस्तुति थियो । यन्त्रको यस्तै प्रकारको संस्करण विराटनगरमा पनि सम्पन्न भैसकेको छ । त्यहाँ प्रतिष्पर्धिका रुपमा रहेका विद्यार्थीहरूले अहिलेको संस्करणमा उत्कृष्ट स्थानसमेत हासिल गरेका छन् । यसका कारण पनि रोबोट निर्माण एवं विकासतर्फविद्यार्थीहरूले गरेको प्रगतिले उत्साहजनक परिणाम ल्याउन सकेको यन्त्र ३.० आयोजक समितिका अध्यक्ष तथा रोबोटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुनोजदास श्रेष्ठ बताउँछन् ।
त्यसबाहेक नेपाल आर्ट काउन्सिलमा कला र प्रविधिको संगमका रूपमा विभिन्न आठ प्रकारका प्रदर्शनी गरिएका थिए । त्यसैगरी कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूको ५ दिने वर्कसप पनि सम्पन्न भएको थियो । कोलाज, पेन्ट तथा एलइडी प्रविधि प्रयोग गरी विद्यार्थीहरूले टिनको बट्टाको माने निर्माण गरेका थिए । मानेलाई घुमाउँदा दर्शकहरूले त्यसमा भएका चित्रका बारेमा आवश्यक जानकारीसमेत प्राप्त गरेका थिए । त्यसैगरी चोरिएका मूर्तिहरूका बारेमा आवश्यक जानकारी दिन विशेष प्रविधिको प्रयोग गरिएको थियो । भित्तामा बनाइएको प्वालमा हात राख्दा ती चित्रका बारेमा आवश्यक जानकारी स्क्रिनमा हेर्न सकिन्थ्यो । प्रविधि र कलालाई संयोजन गरेर पनि विभिन्न कार्य गर्न सकिन्छ भन्ने यस प्रकारको प्रदर्शनीले प्रमाणित गरेको कारखानाका सह-संस्थापक तथा सिइओ पवित्र गौतमले बताए ।
फायरफक्सको १० वर्ष
र्सच इन्जिनका रूपमा प्रसिद्धि कमाएको फायरफक्सले आङ्खनो १० वर्षो यात्रा पूरा गरेको छ । एक दशकअघि एप्पलको सफारी भर्खरै सुरुवाती अवस्थामा थियो भने इन्टरनेट एक्स्प्लोररले बजारमा प्रभुत्व जमाएको थियो । त्यतिबेला फायरफक्स यो क्षेत्रमा एउटा नयाँ खेलाडीका रूपमा प्रवेश गरेको थियो । फायरफक्सको प्रथम संस्करण अर्थात् फायरफक्स १.० सन् २००४ को नोभेम्बरमा बजारमा प्रवेश गर्दा सबैले अचम्म मानेका थिए । इन्टरनेटको लोकप्रियता पनि चुलिँदै गएको त्यो समयमा नयाँ खालको वेब ब्राउजरका बारेमा पनि धेरैले चासो राख्दैनथे । त्यतिबेला इन्टरनेट एक्स्प्लोररको छैटौं संस्करण आइसकेको थियो । त्यही अवस्थामा नयाँ प्रविधि र टेक्निकका साथ आएको फायरफक्सले वेबका क्षेत्रमा नयाँ अनुभूति प्रदान गराएको थियो । १० वर्षश्चात् हाल फायरफक्स र इन्टरनेट एक्स्प्लोरर मात्र प्रतिस्पर्धी छैनन्, गुगलका कारण गुगल क्रोम र अन्य मोबाइल भर्सनका वेब ब्राउजरले समेत राम्रो बजार लिएका छन् ।
फायरफक्सको दसौं वाषिर्कोत्सवका अवसरमा कम्पनीले यसको नयाँ भर्सन समेत र्सार्वजनिक गरेको छ, जसमा 'फर्गेट' नामक नयाँ फिचर समावेश छ । यसको प्रयोगले भर्खरै प्रयोग गरिएका हिस्ट्री, कुकिज, ट्याब्स तथा अन्य वेबसाइटलाई 'क्लियर' गर्न सहयोग पुर्याउँछ । त्यसैगरी फायरफक्सले डेभलपरहरूका लागि नयाँ ब्राउजर भर्सनका रूपमा 'फायरफक्स डेभलपर एडिसन' समेत ल्याएको छ, जुन खासगरी वेब डेभलपरहरूका लागि उपयोगी हुनसक्छ । त्यसबाहेक यसमा एड अनका साथै अन्य विभिन्न फिचर समेत थपिएका छन् ।
गुगल क्रोम र इन्टरनेट एक्स्प्लोरर पछि मोजिल्लाको फायरफक्स अर्को ब्राउजर हो । विश्वमा ४५ करोडभन्दा बढीले यसको प्रयोग गर्छन् । यो ओपन सोर्स सफ्टवेयर भएको र सुरक्षाको दृष्टिकोणले बढी भरपर्दो भएकाले पनि मोजिल्ला फायरफक्सको प्रयोग बढिरहेको छ ।
विकिपिडिया अब मैथिलीमा पनि
विगत ६ वर्षेखि परीक्षणका रूपमा रहेको मैथिली भाषाको विकिपिडिया अब पूर्ण रूपमा सञ्चालनमा आएको छ । विकिपिडियाको मैथिली पृष्ठको निर्माणसँगै अब मैथिली भाषामा पनि अनलाइन विश्वकोशको सुरुवात भएको छ । विकिपिडिया सबैले लेख्न र सम्पादन गर्न मिल्ने अनलाइन विश्वकोश हो ।
विकिमिडिया नेपालका अध्यक्ष गणेश पौडेलका अनुसार सन् २००८ देखि मैथिली भाषाको विकिपिडिया परीक्षण भैरहेकोमा ६ बर्षछि मात्र त्यसले स्वीकृति पाएको हो । राजविराजका विप्लव आनन्दले मात्र यसमा ८ सय भन्दा बढी शीर्षकमा लेख लेखेका छन् । इन्टरनेटमा mai.wikipedia.org टाइप गरेर मैथिली विकिपिडिया पढ्न र त्यसमा नयाँ जानकारी थप्न सकिन्छ । यसभन्दा अघि नेपाली, नेपाल भाषा, भोजपुरी तथा पालि भाषामा विकिपिडिया निर्माण भैसकेको छ ।
आधार शिविरमा वाइफाई
सगरमाथा र आमाडब्लम हिमालको आधार शिविरमा वाइफाई सेवा सञ्चालनमा आएको छ । एभरेस्ट लिंकले जिल्लाको खुम्बु क्षेत्रमा इन्टरनेट जडान गर्ने क्रममा ती हिमालको आधार शिविरमा समेत इन्टरनेट सेवा प्रदान गर्न थालेको हो । सोलुखुम्बुजिल्लाका विभिन्न पर्यटकीय स्थानमा कम्पनीले इन्टरनेट सेवा सुचारु गरेको छ । पर्यटकको सुविधालाई ध्यानमा राख्दै जिल्लाका करिब ७० प्रतिशत क्षेत्रमा इन्टरनेट सेवा पुर्याइएको एभरेस्ट लिंकको भनाइ छ । इन्टरनेट सेवा सञ्चालन भएपछि उच्च हिमाली क्षेत्रका कुनाकन्दरासम्म ल्यापटप, मोबाइल तथा ट्याब्लेटजस्ता डिभाइसमा वाइफाईमार्फ इन्टरनेट चलाउन सकिनेछ ।
इन्टरनेट स्पिडमा नेपाल
इन्टरनेट डाउनलोड स्पिडमा नेपाल भारतभन्दा अगाडि देखिएको छ । ओक्लास नेट इन्डेक्सअनुसार इन्टरनेटको स्पिडमा नेपाल, भुटान र जिम्बाबेपछि मात्र भारतको नाम छ । भारतको इन्टरनेटको पूर्वाधार निर्माणले गति लिए पनि यसको ब्यान्डविथको गति भने अझै सुस्त छ । इन्टरनेटको ग्लोबल र्याङ्किङले देखाएको तथ्यांक उल्लेख गर्दै ओक्लास नेट इन्डेक्सले जनाएअनुसार भारतको औसत डाउनलोड स्पिड ४ दशमलव १८ एमबीपीएस छ । त्यसैगरी नेपालको डाउनलोड स्पिड औसतमा ४ दशमलव ९२ छ । नेपाल विश्वको इन्टरनेट गतिको तालिकाको १ सय २९ औं स्थानमा छ भने भारत १ सय ३२ औं स्थानमा छ ।
प्रतिवेदनअनुसार उच्च गतिको इन्टरनेटमा हङकङ पहिलो नम्बरमा छ । हङकङमा ९७ दशमलव १ एमबीपीएस डाउनलोड स्पिड छ । दोस्रोमा दक्षिण कोरिया छ । दक्षिण कोरियामा ९२ दशमलव ०५ एमबीपीएस स्पिड छ । त्यसपछि सिंगापुर, रोमानिया र रिपब्लिक अफ मोल्डरोवा क्रमश: तेस्रो, चौथो तथा पाँचौं स्थानमा छन् । अमेरिका भने विश्वको २७ औं स्थानमा छ । अमेरिकाको औसत डाउनलोड स्पिड ३१ दशमलव ६२ एमबीपीएस छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल नेपालमा २७ वटा आइएसपीले इन्टरनेट सेवा उपलब्ध गराइरहेका छन् ।