साप्ताहिक संवाददाता
केकीलाई तनाव
अहिलेकी 'हटकेक' नायिका हुन्( केकी अधिकारी । केकी अभिनीत चलचित्र सफल भए पनि नभए पनि उनी दर्शकको रोजाइकी नायिका हुन् । केकी अभिनीत चलचित्र श्री ५ अम्बरे यसै साता र्सार्वजनिक हुँदैछ । यसबीच केकीलाई तनावमा पार्ने एउटा कुरा र्सार्वजनिक भएको छ । सिभिल बैंकबाट घरकर्जाका लागि उनका बुबा बद्री अधिकारी तथा आमा लक्ष्मी अधिकारीले लिएको ऋण चुक्ता गर्न ३५ दिने सूचना मंसिर २ गतेको एक दैनिकमा प्रकाशित भएको छ । केकी उक्त ऋणकी जमानीकर्ता हुन् । यो ऋणको सूचनालाई लिएर केही मिडियाले ठूलै स्कुप मारेझैं गरी समाचार बनाएकोमा सञ्चारिका समूहकी पूर्वअध्यक्ष तथा घटना र विचार साप्ताहिककी सम्पादक बबिता बस्नेतले भने प्रतिकार गरेकी छिन् । आङ्खनो फेसबुक वालमा बबिताको तर्क छ- जिन्दगीमा उतारचढावहरू आउँछन्, सुख-दुःखहरू हुन्छन् तर अरूको दुःखमा कसैलाई परेको आपतमा खुसी हुने हामीहरू कतै परपीडक त हुँदै गैरहेका छैनौं -, त्यसो त स्वयं केकीले समेत त्यस्ता समाचारप्रति असहमति जनाउँदै पैसाको अभाव सबैलाई हुने र त्यो अपराध नभएको बताइसकेकी छिन् । यसअघि गायक रामकृष्ण ढकालको पनि यस्तै प्रकृतिको समाचार र्सार्वजनिक भएको थियो ।
गायिका बन्दै नायिका
नायिका प्रियंका कार्की गायिकाका रूपमा श्रोतामाझ आउने तयारी गर्दैछिन् । चलचित्र 'आवरण' को 'छोपिएको सत्य...' गीतमा पार्श्व गायन गरिसकेकी प्रियंका यतिबेला पहिलो एकल एल्बमको अन्तिम तयारीमा छिन् । आठवटा गीत समावेश हुने उक्त एल्बमको शीर्षक भने जुराउन बाँकी छ । प्रियंकाले 'स्वतन्त्र...' शीर्षकको एल्बमको पहिलो गीत रेकर्ड गराउँदै छिन्, जसमा शैलेश श्रेष्ठको शब्द तथा शैलेन्द्र सिंहको संगीत रहनेछ । केही चलचित्रका गीतमा नृत्य निर्देश्ँन समेत गरिसकेकी प्रियंकाले आफ्ना एल्बमका गीतको म्युजिक भिडियो समेत निर्माण गरिने घोषणा गरेकी छिन् ।
आइटम इन्दिरा
परिचय गायिकाको भए पनि इन्दिरा जोशी बोल्ड एन्ड ब्युटिफुल लेडीका रूपमा परिचित छिन् । इन्दिराको सौर्न्दर्यका कारण थुप्रैले उनलाई चलचित्रको नायिकाका रूपमा अभिनय गरिदिन प्रस्ताव पनि गरेका हुन् । ब्लकबस्टर हिट चलचित्र लुटको आइटम गीत उध्रिएको चोलीकी गायिका जोशीले आफ्ना गीतका म्युजिक भिडियोबाहेक अन्य काम गर्न अस्वीकार गर्दै आएकी थिइन् । यद्यपि यी बेली डान्स गायिकालाई आइटम डान्स गराउन सफल भएको छ, चलचित्र फन्को । आफ्नो लचकदार कम्मरलाई बान्की पारेर घुमाउन माहिर इन्दिराले चलचित्र फन्कोका लागि आफैंले गाएको आइटम गीतमा डान्स गरेकी हुन् । हेटौंडामा छायांकन भएको उनको आइटम डान्स चाँडै नै दर्शकले हेर्न पाउनेछन् । 'शुद्ध सांगीतिक चलचित्र भएको खण्डमा नायिकाका रूपमा पनि काम गर्न तयार छु,' इन्दिराले भनेकी छिन्- 'चलचित्र फन्को सांगीतिक विषयवस्तुमै केन्द्रित भएकाले पनि काम गर्न सहज लाग्यो ।' चेतन सापकोटाको संगीतको आइटम गीतमा इन्दिराले अभिनय गरेकै कारण फन्कोले पनि निर्माणकै क्रममा पर्याप्त चर्चा बटुलेको छ ।