मंसिर ५, २०७१
- लभ परेपछि डेटिङ जानु स्वाभाविक हो, बाइकमा जाँदै हुनुहुन्छ भने पछाडिबाट उनले च्याप्प समात्दैमा जोसमा एक्सिलेटर बटार्ने काम नगर्नु होला, नत्र त्यो लभ नै फस्ट एन्ड लास्ट हुनसक्छ ।
- नवप्रेमिकाहरू, डेटिङमा धन उसैले निकालिहाल्छ । तपाईंहरू मन मात्र सुम्पनुहोस्, तन सुम्पिनुभयो र त्यसपछि उसले वास्ता गर्न छाड्यो भनेर 'क्वाँ-क्वाँ' नरुनुहोला ।
- प्रेम गर्नु पाप होइन, तर जोसमा होस गुमाउनु, साधन पनि प्रयोग नगर्नु र पछि डाक्टर गुहारेर पेटमा आएको निसानी फ्याँक्नु चाहिँ पाप हो नि ।
- प्रेम गर्नुहोस्, निर्धक्क गर्नुहोस् । छाडा नबन्नुहोस् । छाडा प्रेम गर्ने काम पशुका लागि छाडिदिनुहोस् ।