साप्ताहिक संवाददाता
मंसिर ५, २०७१
म्याडोनाको लिलामी
महत्वपूर्ण अवसरमा आफूले लगाएका पहिरनलाई हलिउड गायिका एवं नायिका म्याडोनाले अक्सनमा राखेकी थिइन् । जसको लिलामी जुलियन अक्सन्स डटकमले गरेको छ । च्यारिटीका लागि गरिएको उक्त अक्सनमा म्याडोनाको वेडिङ डे्रससहित अन्य पहिरन समावेश थिए, जसमध्ये सबैभन्दा बढी मूल्य चलचित्र 'डेस्परेटि्ल सिकिङ सुसान' मा उनले लगाएको ज्याकेटले पाएको छ । उक्त ज्याकेटको मूल्य २ लाख ५२ हजार अमेरिकन डलर भुक्तान गरिएको छ । यस्तै त्यसमा लगाइएको इयर रिंग ३४ हजार ३ सय ७५ डलरमा लिलाम गरिएको छ । एक एल्बमको म्युजिक भिडियोमा म्याडोनाले लगाएको पहिरनले ७३ हजार १ सय २५ डलर पाएको छ भने अन्य चलचित्र एवं विभिन्न कार्यक्रमहरूमा लगाएका थुप्रै पहिरनले हजारौं डलर पाएका छन् ।