अनामनगरस्थित मण्डला थिएटरमा मंसिर ७ गतेसम्म इन्द्रबहादुर र्राईको कृतिमा आधारित नाटक 'जार भएकै एउटा कथा' मञ्चन भैरहेको छ । चलचित्र 'टलक जङ भर्सर्ेेटुल्के'का नायक तथा लेखक खगेन्द्र लामिछानेले नाट्य रूपान्तर गरेको उक्त नाटकको निर्देशन सुनिल पोखरेलले गरेका हुन् । यसैगरी लाजिम्पाट, उत्तर ढोकास्थित थिएटर भिलेजमा नाटक 'कथादेश २.५' मञ्चन भैरहेको छ । अनुप बरालको परिकल्पनामा आशान्त शर्माद्वारा निर्देशित उक्त नाटकमा महेशविक्रम शाहका कथाहरू मञ्चन गरिन्छ । यसैगरी र्सवनाम थिएटरमा काया मञ्चन भैरहेको छ । यो नाटक मंसिर ६ गतेसम्म प्रदर्शन गरिने छ ।