मंसिर ५, २०७१
मेलामा विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरूमा निकै उत्सुकता देखिन्थ्यो । मेलामा ५६ स्टल तथा ६ पेभिलियन थिए । तीन दिनसम्म चलेको मेलामा सबै शैक्षिक स्टलमा घुइँचो देखिन्थ्यो भने मेला उद्घाटन गर्न पुगेका महानायक दम्पती राजेश हमाल र मधु भट्टर्राई पनि कार्यक्रमको आकर्षा बने । महनायक हमालले विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिनुका साथै शिक्षाको महत्त्वका बारेमा चर्चा गरेका थिए । उनले मेलामा रहेका स्टलहरूको अवलोकन गर्दै अन्तर्क्रिया समेत गरे । त्यस्तै मेला समापनको दिन सेतो धरतीका लेखक अमर न्यौपानेबाट पुस्तक हस्ताक्षर गराउनेहरूको समेत घुइँचो देखियो ।