विश्वमा सबैभन्दा धेरै आत्महत्या हुने मुलुक गुयना हो, जहाँ हरेक १ लाखमध्ये ४४ दशमलव २ जनाले आत्महत्या गर्छन् । दोस्रोमा प्रतिलाख ३८ दशमलव ५ सहित उत्तर कोरिया छ । तेस्रोमा दक्षण्िा कोरिया चौथोमा श्रीलंका र पाँचौं स्थानमा लिथुआनिया छन् ।
त्यस्तै छैटौँ स्थानमा सुरिनाम र सातौँ स्थानमा मोजाम्बिक छन् । नेपाल र तान्जानिया दुवै संयुक्त रूपमा बढी आत्महत्या हुने मुलुकको आठौँ स्थानमा छन् । आठौं स्थानमा रहेको नेपालमा प्रतिएकलाख मानिसमा आत्महत्याको दर २४ दशमलव ९ छ अर्थात् हरेक १ लाखमा झन्डै २५ जना नेपालीले आत्महत्या गर्ने गरेका छन् ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानीले दिएको तथ्यांकअनुसार पूर्वाञ्चलमा आत्महत्याको अवस्था डरलाग्दो छ । आर्थिक वर्ष०६९/७० मा पूर्वाञ्चलमा ८ सय ६७ जनाले आत्महत्या गरेका थिए, तर ०७०/७१ मा उक्त संख्या बढेर १ हजार ३३ पुगेको छ । चालू आर्थिक वर्षो ३ महिनामा मात्रै १ सय ५३ जनाले आत्महत्या गरेका छन् । झापा आत्महत्या हुने जिल्लाहरूमा सबैभन्दा अगाडि छ । झापामा ०६९/७० मा १ सय ६३ तथा ०७०/७१ मा २ सय २८ जनाले आत्महत्या गरेका थिए । त्यस्तै आत्महत्या गर्ने जिल्लामा मोरङ दोस्रो र सुनसरी तेस्रो स्थानमा छन् । तथ्यांकअनुसार झुन्डिएर अनि त्यसपछि विष सेवन गरेर आत्महत्या गर्नेहरू सबैभन्दा बढी हुन्छन् । आखिर किन मानिस आत्महत्यातर्फउत्प्रेरित हुन्छ त ? मनोचिकित्सक अर्चना पोखरेल ?रिमाल) विभिन्न कारणबाट मानिसले आत्महत्या गर्ने भए पनि आत्मिक एवं नैतिक बल कम हुनु नै आत्महत्याको मुख्य कारण भएको बताउँछिन् ।