आगामी डिसेम्बर १४ तारिखमा बेलायतको लन्डनमा सम्पन्न हुने मिस वर्ल्डको ६४ औं संस्करणका लागि मिस नेपाल-२०१४ की विजेता सुबिन लिम्बू गत बुधबार त्यसतर्फप्रस्थान गरेकी छिन् । सुबिनले मिस वर्ल्ड प्रतियोगितामा सांस्कृतिक बाजा 'झयाम्टा' बजाउने भएकी छिन् । नेपालको सांस्कृतिक पहिचानलाई अन्तरराष्ट्रिय स्तरमा चिनाउन प्रतिनिधिमूलक बाजा 'झयाम्टा' चयन गरिएको हो । 'मिस वर्ल्ड'को 'ब्युटी विथ ए प्रपोज' एवार्डका लागि सुबिनले एक सातासम्म बझाङ, दैलेख तथा शिवकोटमा गै प्राथमिक विद्यालयका विद्यार्थीहरूस“ग परम्परागत शिक्षा प्रणालीको साटो ल्यापटप र एनिमेसनजस्ता एकीकृत प्रविधिको मद्दतबाट शिक्षालाई रमाइलो एवं सहभागितामूलक बनाउन सकिन्छ भन्ने विषयमा चेतना जगाएकी थिइन् । मिस वर्ल्डको ट्यालेन्ट राउन्डमा भने उनले गायिका हि्वट्नी हाउसटनको 'आई विल अल्वेज लभ यू .....' गीत सुनाउने छिन् । यसैगरी नेसनल कल्चर राउन्डमा सुबिन परम्परागत नेपाली ढाका कपडाबाट तयार गरिएको लिम्बू समुदायका महिलाले प्रयोग गर्ने 'म्याङ्ख्ली' मा प्रस्तुत हुनेछिन् । मिस वर्ल्ड प्रतियोगिताका लागि लन्डनतर्फजानुपर्ूव सुबिनले तयारीस्वरूप विभिन्न विषयमा प्रशिक्षण प्राप्त गरेकी थिइन् । तीमध्ये हेयर एन्ड मेकअप, इन्टरनेसनल कल्चर तथा पेजेन्ट ट्रेनिङ, फिटनेस, पब्लिक स्पिकिङ तथा डाइनिङ एटिकेट्स एवं टेबल म्यानर्ससम्बन्धी प्रशिक्षण मुख्य छन् ।