मंसिर ५, २०७१
दी.
१९ वर्षो उमेरमा गर्भवती नभएको भए राम्रो हुन्थ्यो । गर्भावस्थामा यौनसर्म्पर्क राख्नु हुँदैन भन्न मिल्दैन । साल तल रहेको अवस्थामा तथा अन्य कुनै खतरा भएको अवस्था बाहेक गर्भवती महिलाको मञ्जुरीमा यौनसर्म्पर्क राख्न मिल्छ । उमेर कम भए पनि अन्य कुनै खतराका सम्बन्धमा तपाईंले केही उल्लेख गर्नुभएको छैन । कुनै खतरा छैन भने पनि तपाईंले यौनसर्म्पर्क राख्दा गर्भको अवधि नपुग्दै बच्चा जन्मिन सक्ने भएकाले भरसक त्यस्तो गतिविधिमा संलग्न नहुनुनै उपयुक्त हुन्छ । यसका लागि सजिलो आसन पनि अपनाउन सकिन्छ ।