साप्ताहिक संवाददाता
केही भन्छन्, जीवन कस्तो बनाउने भन्ने कुरा आफ्नै हातमा छ । आजको कर्मले नै भोलिको भविष्य बन्छ । जसरी कमलकोठीको संगतमा सामान्य कमिला पनि केही महिनामा कमलकोठी बन्छ, त्यस्तै एक प्रकारको चिन्तनले मानिसको नयाँ व्यक्तित्व बन्न पुग्छ ।
यता धेरैजसो व्यक्तिचाहिँ मानिसको जीवन भाग्यमा भर पर्ने बताउँछन् । मानिसले चाहेर केही हुँदैन र्।र् इश्वरले सबै कुरा निर्धारण गरेका हुन्छन् । कुनै व्यक्ति धेरै मेहनत गरेर माथि जान्छ भने पनि त्यो मेहनतर् इश्वरले गराएका हुन् । कुनै व्यक्ति प्रयास गर्दागर्दै पनि असफल हुन्छ भने त्यो पनिर् इश्वरकै कारण भएको हो । कोही केही नगरी धनी हुन्छ भने त्यो पनि भाग्य, जो खराब काम गर्दा पनि असल नै मानिन्छ भने त्यो पनि भाग्य...
यो विषयमा धेरै बहस भएको छ । थप बहस आवश्यक पनि छैन । तैपनि जब केही उदाहरण आँखामा पर्छन्, त्यो कसरी सम्भव भयो सोच्न पनि सकिँदैन ।
००००
कम्प्युटर र मोबाइल फोनलाई एक्काइसौं शताब्दी चिनाउने मुख्य उत्पादन मानिन्छ । त्यसमा पनि एप्पल कम्प्युटर, आईफोन र ट्याब्लेट अहिलेका रोल मोडल हुन् । यी प्रविधि साह्रै सुन्दर छन्, चलाउन सजिला छन् । यसको आकर्षा कति धेरै छ भने धेरै युवतीले आफ्नो कौमार्य आईफोनका लागि लिलाम गरेका छन् । एप्पल कम्प्युटर प्राप्त गर्न वर्षौंको प्रेमीलाई छाडेका छन् । केहीले यसैका लागि आत्महत्या गरेका उदाहरण पनि पाइन्छन् । धेरैले भनेका छन्, स्टिब जब्सले एप्पल कम्पनी स्थापना नगरेका भए हामी एकाइसौं शताब्दीमा भएर पनि यो शताब्दीको मज्जा लिन पाउने थिएनौं ।
यस्तो कलात्मक वस्तु बनाउने स्टिभ जब्स सोच्थे, यो संसार आफ्नो कर्मले बन्छ । असम्भव भन्ने कुरा अस्तित्वमै छैन । मान्छेले चाहेको कुरा बनाउन सक्छ, आर्जन गर्न सक्छ । संसारमा या त सर्वोत्कृष्ट मानिस छन्, या त साह्रै खत्तम । मान्छे या त बुद्धजस्तै उत्कृष्ट छन्, या त कामै नलाग्ने बुद्धू । उनी आफूलाई बुद्धजस्तै जिनियस मान्थे र मेरा सबै कर्म ममाथि नै नियन्त्रण छ भन्थे । संसारमा आफूजस्तै दुर्इ-चार मानिस नभए यो संसार बाँच्न लायक नै रहदैन भनेझैं गर्थे ।
आश्चयर्, यस्ता मान्छे आफूलाई धार्मिक मान्थे । उनी हिन्दु गुरु र्रर् इश्वर खोज्दै भारत आएका थिए । जीवनभर शाकाहारी रहे । उनी कुमारी आमाका बुबाद्वारा अस्वीकृत छोरा थिए । स्टिभले धर्मपुत्र भएर जीवन गुजार्नुपरेको थियो । आफ्ना आमा-बुवाले त्यागेकोमा उनी दुःखी थिए । यस्तै व्यक्तिले प्रेमिकाबाट लिसा नामक सन्तान जन्माए । जन्मिएको सन्तानलाई आफ्नी छोरी होइन भन्दै अस्वीकार गरे । छोरी र प्रेमिका अस्वीकार गर्दा उनले आफू पनि त्यसैगरी लत्याइएको व्यक्ति हुँ भन्ने कुरा पनि बिर्सिए । अन्त्यमा उनी ५६ वर्षै उमेरमा क्यान्सरबाट बिते ।
जब स्टिम जब्सले निर्माण गरेको सुन्दर आईफोन देखिन्छ, आकर्ष ल्यापटप वा ट्वाब्लेट देखिन्छ । उनको मेहनतले नै संसार चलेको छ भन्ने लाग्छ । जब उनको व्यक्तिगत जीवन सम्झिइन्छ, उनको हातमा केही थिएन, उनी फूर्ति मात्र लगाउँथे भन्ने लाग्छ । उनी भाग्यले त्यस्ता भए कि कर्मले - सोच्दा पनि अलमलमा परिन्छ ।
पूर्वराजा ज्ञानेन्द्रका छोरा पारस, थाइल्यान्डमा गाँजा खान नपाएर छट्पटाएको, लागूपदार्थ सेवन गर्दा पक्राउ परेको, नेपालबाट खर्च नपठाइएका कारण त्यहाँका नेपालीहरूसँग हात फैलाएको तथा नेपाल र्फकन नसकेको अवस्थाका समाचार बारम्बार आउँछन्, उनको ख्याउटे अनुहार प्रहरीले हतकडी लगाएको तस्बिरका साथ र्सार्वजनिक हुन्छ, त्यो बेला जान्न मन लाग्छ, मान्छे भाग्यले यस्तो हुन्छ कि कर्मले - मान्छे आफ्नै कारण यतिसारो अप्ठ्यारोमा पर्छ कि नियतिले यस्तो बनाउँछ ?
परिभाषा धेरै हुन सक्छन् तर मान्छेको जीवन भाग्यले त्यस्तो हुन्छ कि कर्मले चित्त बुझाइदिने कोही भेटिँदैनन् ।