१. युवतीहरू उनीहरूको तस्बिरमा लाइक गर्दा आफूलाई खुबै राम्री सम्झन्छन् अनि अरूलाई त मान्छे गन्दैनन् ।
२. कुनै युवकले युवतीलाई फ्रेन्ड रिक्वेस्ट गर्दा एसेप्ट गर्न मान्दैनन, किनभने उनीहरूलाई घमन्ड छ आफ्नो यौवनमा ।
३. युवतीहरू जहिले पनि फेसबुकमा आफ्नो फोटोमात्र हाल्छन् अनि म कस्ती छु भनेर आफ्नो रूपको घमन्ड देखाउँछन् ।
४. युवतीहरूको तस्बिरमा कसैले क्युट, ब्युटी, सेक्सी, हट भनेर कमेन्ट गर्यो भने उनीहरूको खुसीको सीमा हुँदैन । संसारकै सबैभन्दा राम्री आफूलाई सम्झन्छन् ।
५. युवतीहरू सधैं तस्बिरमा लाइकको मात्र खोजी गर्छन् यदि कसैले नगरे मेरो तस्बिर किन लाइक नगरेको भनेर ठाडै सोध्छन् ।
६. युवतीहरू फेसबुकमा बसेर सधैं पैसा हाल्दिने युवकको खोजीमा हुन्छन् ।
०००
शेरे साइकल पसलमा गएछ र भनेछ : दाइ, मेरो साइकलमा हावा हाल्दिनु त
(साइकल पसलेले हावा हाल्यो)
शेरे : कति भयो दाइ ?
साइकल पसले : ५ रुपैया भयो भाइ ।
शेरे : (१० रुपैयाँ दिदै) लु लिनुहोस दाइ ।
साइकल पसले : खुजुरा भएन भाइ, पछि पनि हालौं न है ।
शेरे : पछि हाल्नुभन्दा फेरि एकचोटी हाल्दिनु न ।
साइकल पसले : भाइ फेरि हाल्यो भने त टायर पडि्कहाल्छ नि ।
शेरे : शेरेको टायर हो शेरेको, कहिल्यै पड्किँदैन । हाल्नुस्, विन्दास तरिकाले हाल्नुहोस् ।
साइकल पसले : (हावा हाल्ने क्रममा ट्युब जोडले पड्किएछ) मैले भनेको होइन, पडि्कन्छ भनेर ।
शेरे : साले मैले त टायर पड्किन्न पो भनेको, तैंले त ट्युब नै पड्काइदिस, अब खुरुक्क बनाइदे ।
(साइकल पसले ठहरै)
०००
केटाले केटीलाई कल गरेछ,
केटा : हेलो डियर, आई लभ यू ।
केटी : साँच्चै —
केटा : हो साँच्चै ! म तिमीबिना बाँच्न सक्दिनँ ।
केटी : डार्लिङ, १ सयको रिचार्ज गरिदेऊ न प्लिज
केटा : सरी दिदी, रङ नम्बर पो परेछ ।
०००
शेरेकी बूढी : मेरो टाउको एकदमै दुखिरहेको छ आज, म केही काम गर्न सक्दिनँ ।
शेरे : ओहो, मैले आज सपिङ गर्न बाहिर जाने कार्यक्रम बनाएको थिएँ ।
शेरेकी बूढी : मैले त मजाक पो गरेको त ।
शेरे : मैले पनि मजाक नै गरेको हो, छिटो उठेर खाना बना ।
०००
एउटी केटी रुँदै थिइन् ।
केटाले सोधेछ : के भयो किन रोएकी -
केटी : एक्जाममा नम्बर कम आएर नि
केटा : ए हो र - कति आ'को छ र -
केटी : ८८ प्रतिशत
केटा : भगवानसँग डर लाग्दैन, तँलाई - भगवानसँग डराउने गर, यति नम्बरमा त दुर्इ जना केटा पास हुन्छन् बुझिस् -
०००
शेरेको छोरा घरको छतबाट पिसाब गरिरहेको रहेछ, बाटोमा हिँडेको धुर्मुसको टाउकोमा पिसाब परेछ ।
धुर्मुस : ओए शेरेको बच्चा, मान्छे माथि पिसाब गर्छस् - म त्यहीं आएर चुट्छु अहिले -
शेरेको छोरा : यहाँ भर्याङ त छैन, कसरी चढ्नुहुन्छ -
धुर्मुस : म तेरो पिसाब समातेर चढ्छु अनि थाहा पाउलास् -
शेरेको छोरा : म पनि काटी-काटी पिसाब फेर्छुनि तपाईं लडिहाल्नुहुन्छ नि,
०००
नन्देको छोरा : मिस तपाईं पहिलो जन्ममा कुखुरी हुनुहुन्थ्यो हो ?
मिस : (रिसाउँदै) किन र ?
नन्देको छोरा : तपाईंले जहिले पनि मलाई जाँचमा अन्डा दिनुहुन्छ, त्यसैले नि ।
०००
यदि तिमी कसैको जिन्दगीको खुसी लेख्ने पेन्सिल बन्न सक्दैनौं भने इरेजर बनेर कसैको जिन्दगीको दु:ख मेट्ने प्रयास गर ।
०००
फुच्चेको लभस्टोरी
एउटा ५ वर्षो फुच्चे केरकार गर्दै कापीमा लेख्दै रै'छ
बुबा : के लेख्दैछौ छोरा तिमी -
फुच्चे : गर्लफ्रेन्डलाई लभलेटर लेख्दैछु ।
बुबा : अनि तिमीलाई लभलेटर कसरी लेख्नर्ुपर्छ, थाहा छ त -
फुच्चे : अहँ, थाहा छैन तर केहि फरक पर्दैन, मेरी गर्लफ्रेन्डलाई पढ्न त आउँदैन् ।
बुबा : लौ त्यसो भए किन लेख्नुपर्यो त -
फुच्चे : ह्या के किच-किच गरि'रा - एकछिन डिर्स्र्टब नगर्नुस् न, यो लभसभ तपाईं बुझ्नुहुन्न क्या !
०००
बच्चा : पापा, अन्टीको पेट किन फुलेको -
बुबा : मलाई थाहा छ, तँलाई सबै कुरा थाहा छ ।
बच्चा : प्रोमिस मलाई थाहा छैन, विश्वास गर्नुस् ।
बुबा : आन्टीको पेटमा पानी भरिएको छ ।
बच्चा : ओहो, त्यसो भए त बच्चा त डुब्छ नि त ।
०००
एउटा दूध पसलको अगाडि धेरै लामो लाइन लागेको थियो, पसल भने खुलेको थिएन, त्यही लामो लाइनको छेउबाट शेरे सरासर अगाडि जाँदै थियो, बीचमा एउटाले भन्यो : ओ भाइ, हामी लाइनमा १ घन्टादेखि बसिरा'का छौं, तिमीचाहिँ कहाँ हो सरासर -
शेरे सुनेको नसुनेझैं गरेर अझ अगाडि बढ्यो । जब पसलको ढोका नजिक मात्र के पुगेको थियो, एउटा भुसत्रि्रेले शेरेलाई धकेलेर लडाइदियो ।
धुलोमा नराम्रोसँग बज्रिएको शेरे धुलो टकटक्याउँदै उठ्यो र कुरै बुझ्दैनन् यार भन्दै फेरि अगाडि बढ्यो । फेरी अर्को पहलमानले च्याप्प समातेर घिसार्दै लाइनको लास्टमा पुर्यायो र भन्यो : अब योभन्दा अघि बढिस् भने हात खुट्टा भाचिदिन्छु, चुपचाप लाइनमा बस्, हामी बसेको एक घन्टा भैसक्यो, तचाहिँ ढिलो आएर अगाडि बस्ने -
शेरे : ठीकै छ, तिमीहरूलाई आज दूध कसले दिँदो रहेछ हेरौं न म पनि, म मरे पसल
खोल्दिन आज ।
०००
बिरालोलाई मुसा, भैंसीलाई भुसा, बाघलाई भालु, नपढ्नेलाई आलु, भगवान्लाई धूप, सुत्केरीलाई सुप, पुरेतलाई सिदा, कर्मचारीलाई बिदा, नेतालाई घूस, बच्चाबच्चीलाई जुस, कुकुरलाई भुक्न, विद्यार्थीलाई सुत्न, मन्त्रीलाई कुर्सीखेलाडीलाई जर्सीपुलिसलाई बर्दी साह्रै मीठो लाग्छ, कि कसो ?