कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम 'ह्वाट द फ्लप' का निर्माता, निर्देशक तथा प्रस्तोता सन्दीप क्षेत्री अभिनयको अन्य विधामा समेत सक्रिय हुन थालेका छन् । चलचित्रमा समेत अभिनय गरिसकेका सन्दिप पछिल्लो समय म्युजिक भिडियोतर्फ आकषिर्त भएका छन् । खासगरी कमेडी शैलीका भिडियोमा उनको माग बढ्न थालेको छ । गायक राजेशपायल राईको 'नानीको चञ्चले', मोहन राईको 'यो आँखाले', गायिका जुना प्रसाईंको 'यति राम्रो', इन्दिरा जोशीको 'दाइजो' सहित एक दर्जनभन्दा बढी भिडियोमा अभिनय गरिसकेका सन्दिपले गत शनिबार गायक रमेशराज भट्टराईको रोमान्टिक-कमेडी शैलीको भिडियोमा अभिनय गरे । 'टेन्सन भयो यार' गीतको उक्त भिडियोमा सन्दिपलाई मोडलद्वय सुप्रिया कटुवाल तथा वर्षा केसीले साथ दिएका छन् ।माफी मागे कपिलले
'कमेडी नाइट्स विद कपिल' का प्रस्तोता कपिल शर्मांले नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपालीहरूसँग माफी मागेका छन् । अस्ष्टे्रलियामा आयोजित एक कार्यक्रममा सगरमाथाका बारेमा आफूले बोलेको कुरा भूलवश भएको भन्दै उनले माफी मागेका हुन् । टि्वटरमार्फत कपिलले भनेका छन्— 'आफ्नो एउटा शोमा मैले माउन्ट एभरेस्ट भारतमा छ भनेको थिएँ । मेरो मनसाय नेपालीहरूको भावनामा चोट पुर्याउनु थिएन । मैले चोट पुर्याएको भए माफी चाहन्छु ।' कपिल मंसिर २७ मा हुने स्टेज शोका लागि नेपाल आउने तयारीमा छन् । दोस्रो टि्वटमा कपिलले नेपाल र नेपालीहरूको प्रशंसा गरेका छन् ।