नायिका नम्रता श्रेष्ठ फेरि एकपटक रंगमञ्चमा देखिने भएकी छिन् । यसअघि दुईपटक नाटकमा अभिनय गरिसकेकी नम्रता यसपटक स्पेनी नाटककार फ्रेडेरिको गार्सियाले लोर्काको नाटक 'यर्मा'को मुख्य भूमिकामा प्रस्तुत हुन लागेकी हुन् । आज साँझ ५ बजेदेखि हरेक साँझ मञ्चन हुने यो नाटक ८० वर्षअघि लेखिएको हो । नाटकको निर्देशक विमल सुवेदी हुन् ।'यार्मा'को अर्थ बच्चा पाउन नसकेकी बाँझी महिला हो, जुन भूमिकामा नायिका नम्रता श्रेष्ठ छिन् भने नाटकमा राजकुमार पुडासैनी, कमलमणि नेपाल, सुम्निमा साम्पाङ, सिर्जना अधिकारी आदिको पनि महत्वपूर्ण भूमिका छ । यो नाटक पुस महिनाको दोस्रो सातासम्म मञ्चन हुनेछ ।