सञ्चारकर्मी विजय आवाज पनि मोडल भएका छन् । गायिका सहिमा श्रेष्ठको 'बार बार जसले दिलमा' गीतको म्युजिक भिडियोमा अभिनय गर्दै विजय नयाँ क्षेत्रमा प्रवेश गरेका हुन् । ललितपुरको धापाखेलमा छायांकन गरिएको उक्त भिडियोमा विजयलाई गायिका सहिमाले नै मोडलका रूपमा साथ दिएकी छिन् । समन अधिकारीद्वारा निर्देशित उक्त भिडियोका छायांकार शिवराम श्रेष्ठ हुन् । भिडियोमा विजयले प्रेमको नाटक गरी युवतीहरूलाई फसाउने युवकको भूमिका निर्वाह गरेका छन् ।