हेटौंडामा बसेर संगीत साधना गरिरहेका गायक राज राणा डेब्यु एल्बमको तयारीमा छन् । उनले आफ्नै स्वर, शब्द तथा संगीतमा चार वटा गीत रेकर्ड गराइसकेका छन् । चारमध्ये 'चाहिंदैन त्यो माया...' तथा 'तिमी...' गीतका म्युजिक भिडियो समेत निर्माण भएका छन् जसमा गायक राणाले नै अभिनय गरेका छन् । राजले आफ्नो पहिलो एल्बमको शीर्षक 'यात्रा' राखेका छन् ।