साप्ताहिक संवाददाता
मेरो तेस्राे एकल एल्बम 'म्युजिक क्याफे' को नयाँ गीत 'पहिलो पहिलो हाम्रो...' को म्युजिक भिडियो भरखरै सार्वजनिक भएको छ । अहिले यही गीतलाई दर्शकमाझ पुर्याइरहेको छु । यसबाहेक संगीतसम्बन्धी अध्यापनमा समेत सक्रिय छु ।
सांगीतिक यात्रा प्रारम्भ गर्नुभएको कति भयो ?
करिब १५ देखि यही विधामा सक्रिय छु । विगतमा विराटनगरमा 'निशान' ब्यान्डमा समेत म गायक तथा संगीतकारका रूपमा आबद्ध थिएँ । पाँच वर्ष कन्सर्टहरूमा व्यस्त भएपछि ब्यान्डका संगीतकर्मीहरू आ-आफ्नो काममा व्यस्त भइयो । मैलेचाहिँ संगीतकर्मलाई नै निरन्तरता दिएँ ।
श्रोताको रोजाइमा परेका गीतहरू कतिवटा छन् ?
मैले गाएका करिब आधा दर्जन गीत लोकप्रिय भएका छन् । भर्खरै सार्वजनिक भएको 'पहिलो-पहिलो हाम्रो' सहित अघिल्लो एल्बमको 'रघुपति राघव राजाराम', 'बिर्सन मैले सकिन', 'मलाई भुली तिमी अरूकै भयौ', 'कति बस्छौ मुस्कुराई' आदि गीतबाट श्रोताले मलाई गायक तथा संगीतकारका रूपमा चिन्नुभएको छ ।
कुन विधाका गीत गाउन र संगीत भर्न मन पराउनुहुन्छ ?
विगतमा ब्याण्डमा आबद्ध भएकाले तथा लाइभ कन्सर्टको बानी परेकाले प्राय: पप गीत नै गाउन तथा सिर्जना गर्न मन पराउँछु । आफ्ना गीतका शब्दसमेत म आफैंले तयार पार्ने भएकाले संगीत तयार पार्न र गाउन सहज हुन्छ ।
एल्बमका गीतबाहेक अन्य विधामा पनि सक्रिय हुनुहुन्छ कि ?
म एउटा विद्यालयमा संगीत तथा नृत्य प्रशिक्षकका रूपमा सक्रिय छु । त्यसबाहेक केही टेलिश्रृंखलामा समेत पाश्र्व गायन गरेको छु ।
आगामी योजना के छ ?
तीनवटा एल्बमपछि आगामी दिनमा भने सिंगल ट्रयाक तथा म्युजिक भिडियोमा मात्र केन्दि्रत हुने योजना बनाएको छु ।