साप्ताहिक संवाददाता
'मिस हेरिटेज इन्टरनेसल-२०१४'को कोरियोग्राफी सञ्चारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्यले गर्नेछन् भने उनीसित थाइल्यान्डका अनुरत कोसाकुलले सहकार्य गर्नेछिन् । ग्राण्ड फिनालेअन्तर्गतको एउटा चरणका लागि फेसन डिजाइनर समा बानुले पहिरनहरू तयार पारेकी छिन् । प्रतियोगिताअन्तर्गत सहभागीहरूलाई काठमाडौं, पाटन र भक्तपुर दरबार स्क्वायर क्षेत्रसहित मुख्य-मुख्य सांस्कृतिक एवं सम्पदा क्षेत्र अवलोकन गराइनेछ भने लुम्बिनी र चितवनको पनि भ्रमण गराइनेछ । भ्रमण लगत्तै नगरकोटस्थित नगरकोट हिलसाइड भिलेज रिसोर्टमा क्लोज क्याम्प सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागीहरूले मुख्य उपाधिबाहेक नेसनल कस्ट्युम, वातावरण सचेतता जगाउने पहिरन, इभिनिङ गाउन राउन्डका लागि प्रतिस्पर्धा गर्नेछन् भने अन्य विधागत एवार्डका विजेता पनि चयन हुनेछन् । कार्यक्रमको अन्तिम प्रतिस्पर्धा आगामी मंसिर १९ गते हुनेछ ।
जिम्बाबेको सिपीती मिडियाले आयोजना गर्दै आएको मिस हेरिटेज इन्टरनेसनलको इभेन्ट अर्गनाइज गर्ने जिम्मा इप्लानेट नेपालले पाएको छ । 'मिस हेरिटेज इन्टरनेसनल' युनेस्कोको सम्पदा सूचीमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा एवं संस्कृतिको जगेर्ना तथा प्रवर्द्धनका लागि हुने कार्यक्रम हो ।