सुगम पोखरेलको चर्चित गीतहरूका साथ ककटेल र मकटेल प्रयोग गर्दै विराटनगरका युवा-युवतीहरू डान्स पार्टीमा रमाए । विराटनगरमा गत शनिबार साँझ आयोजना गरिएकोे ककटेल नाइट डान्स पार्टीमा सुगमले पार्टीमा उपस्थित युवायुवतीहरूलाई ३ घण्टासम्म नचाएका थिए । सुगमले गीत गाउँदा युवायुवतीहरू कुममा कुम मिलाएर नाचिरहेका देखिन्थे । उक्त कार्यक्रममा सुगमले आधा दर्जनभन्दा बढी गीत गाएका थिए ।