चाणक्य कलेज अफ म्यानेजमेन्ट, शंखधरचोकको आयोजनामा मिस्टर एन्ड मिस चाणक्य कलेज प्रतियोगिता स्थानीय अमर हलमा सम्पन्न भएको छ । प्रतियोगितामा छात्रतर्फ समर प्रजापति तथा छात्रातर्फ सदीक्षा खतिवडाले क्रमश: मिस्टर एन्ड मिस चाणक्य कलेजको उपाधि जितेका छन् । ३२ जना सहभागी छात्रछात्रामध्ये अन्तिम प्रतिस्पर्धीका रूपमा ७ छात्र तथा ७ छात्रा छनौट भएका थिए । मिस चाणक्य कलेज फस्ट रनर्सअपको उपाधि सिर्जना घिमिरे तथा सेकेन्ड रनर्सअपको उपाधि रजनी बमजनले हात पारे भने मिस्टर चाणक्य कलेज फस्ट रनर्सअपको उपाधि इनोस तामाङले जिते । प्रतियोगितामा बेस्ट पर्सनालिटी प्रदीप थापामगर र रितिमा खड्का, बेस्ट स्माइल प्रतीक बज्राचार्य र रचिता भट्ट, बेस्ट ट्यालेन्ट सुनिल तामाङ र आरती तिमिल्सिना तथा बेस्ट क्याटवाक चाँदनी शिल्पकार र बेस्ट वाक सचिन न्यौपानेले जितेका थिए । प्रतियोगितामा नायिका सञ्चिता लुइँटेल, नायक तथा सञ्चारकर्मी सरोज केसी एवं कोरियोग्राफर रञ्जना श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । उक्त अवसरमा छात्रछात्राहरूले आकर्षक नृत्य, गायन, नाट्य, लाइभ ब्यान्ड आदि पनि प्रस्तुत गरेका थिए ।