मंसिर १२, २०७१
पोखरा
पश्चिमाञ्चल त्यसमा पनि पोखरामा लोकदोहोरी लोकप्रिय भएका कारण गायक गायिकाले मञ्चबाटै खुसी व्यक्ति गरेका थिए । दोहोरी सुन्न दर्शकको भीड देखेपछि रामजी खाँडले भने— 'हाम्रो पहिचान र संस्कृति जोगाउनुभएकोमा धेरै खुसी लागेको छ ।' यसरी लोकगीत सुनिदिनाले कलाकारको हौसला बढ्ने गायिका ज्योति मगरले बताइन् ।
दोहोरीकै कारण मेलामा दर्शक बढेको लोकदोहोरी व्यवसायी संघका अध्यक्ष तथा मेलामा लोकदोहोरी संयोजक सिम गुरुङले बताए । गुरुङका अनुसार मेलामा एकै दिनमा ५ घण्टासम्म दोहोरी चल्ने गरेको छ । महोत्सवमा रामजी खाँड, ज्योति मगर, प्रीति आले, इन्द्र जीसी, बद्री पंगेनी, खड्ग गर्वुजा, खुमन अधिकारी, शर्मिला गुरुङ, मञ्जु पौडेल आदि गायकगायिकाले ११ दिनसम्म पालैपालो दोहोरी गाउनेछन् ।