साप्ताहिक संवाददाता
मंसिर १२, २०७१
म.
महिलाहरूको गुप्तांग चलाउँदा सेतो पानी आउनु स्वाभाविक हो । त्यसले योनिलाई चिप्लो बनाएर सुख्खा हुन दिँदैन । यसलाई समस्या भन्न मिल्दैन र त्यसका लागि कुनै समाधान पनि चाहिँदैन तर, सेतो चिल्लो पदार्थको कमी भयो भने रातो हुने र पोल्ने हुन सक्छ । यस्तो अवस्थामा कुनै भजाइनल जेल प्रयोग गर्न सकिन्छ वा बिस्तारै यौनअङ्ग चलाउनाले यस्तो समस्या स्वत: कम हुन्छ । भजाइनल जेलले ल्युबि्रकेसनको पनि काम गर्ने भएकाले रातो हुन तथा पोल्न दिँदैन । यस्तो समस्या सामान्य हो, बिस्तारै ठीक हुँदै जाने भएकाले आत्तिनु वा कतै भौंतारिनु आवश्यक छैन ।