कक्षा १२ मा अध्ययनरत गोकर्णनिवासी शान्ति श्रेष्ठ पनि जाडोका पहिरन किन्न चाँडै निस्कनुपरेको बताउँछिन् । न्युरोडमा भेटिएकी शान्तिले जाडोका पहिरन सपिङ मलहरूमा भन्दा पनि अन्य पसलहरूमा सस्तो र राम्रो पाइएको बताइन् । हजार रुपैयाँभन्दा माथि मात्र भनेजस्ता र राम्रा लुगा पाइने उनले बताइन् । कोटेश्वरनिवासी राम केसी पनि जाडोका पहिरन किन्न जाने योजनामा छन् । उनी हरेक वर्ष जाडोका न्याना पहिरन खरिद गर्दै आएको बताउँछन् । केसी जाडोका लागि नयाँ-नयाँ फेसनेबल पहिरन किन्न रुचाउँछन् । विन्डो सपिङमा निस्किएका केसीले अहिले न्याना पहिरनले बजार ढाक्दै गएको बताए ।
जाडोका पहिरन किन्न आउनेहरूको संख्या दैनिक बढ्दै गएको मैतीदेवीस्थित फेन्सी डिजायरका व्यवसायी मदनकृष्ण श्रेष्ठ बताउँछन् । विशेष गरी महिलाहरूले लगाउने कोट तथा बाक्ला टिसर्ट र पुरुषका लागि हुक तथा ज्याकेट किन्ने ग्राहकहरू बढ्दै गएको श्रेष्ठले बताए । बजारमा अहिले उपलब्ध महिलाहरूका पहिरनमा ज्याकेट, जम्पर, हुक, जिन्स वा लेदर ज्याकेट तथा फेसनेबल आउटर प्रमुख छन् । नयाँ बानेश्वरस्थित एचटुओमा पनि ऊलन स्विटर, हाफ ज्याकेट, विन ज्याकेटको व्यवसाय बढेको सञ्चालक हरि सापकोटा बताउँछन् ।
एचटुओमा बालकदेखि वृद्धसम्मका लागि हुने जाडोका पहिरनहरू उपलब्ध छन् । महिलाहरूका लागि विशेष फेेसनेबल तथा टे्रन्डी मानिने लेगिज, उलनको स्वीटर, लेदर तथा जिन्सका ज्याकेट, हाइनेक, फुल बाउला टिसर्ट तथा सर्ट, स्कार्फ, काने टोपी, मोज्ाा, पञ्जा आदि बजारमा आइसकेका छन् । पुरुषहरूका लागि लेदर तथा जिन्स ज्याकेट, उलनका स्वीटर, कोट, हाफ ज्याकेट, ज्याकेट, मोजा, पञ्जा, टोपी आदि न्याना पहिरन बजारमा उपलब्ध छन् । हिमाल, तराई, पहाड सबैतिर जाडो मौसम सुरु भैसकेकाले नेपाली बजार जाडोका पहिरन तथा जुत्ताहरूले ढाकिँदै गएको छ ।