साप्ताहिक संवाददाता
- लक्ष्मण सिलवाल
सार्है राम्रो हुन्थ्यो नि । विशेष गरी विदेश गएका हाम्रा दाजुभाइका श्रीमतीहरू पोइल जाने थिएनन् अनि ती दाजुभाइलाई आनन्दले निद्रा लाग्थ्यो ।
- घनश्याम शर्मा
सभ्य एवं असल बानीको विकास हुन्थ्यो ।
- प्रबिन राई
कम्तीमा पैसाको बचत हुन्छ ।
- शिव चेम्जोङ
केही हुँदैन, बरु हाम्रा भाइ-बहिनीहरूको पढाइमा उन्नति हुने थियो ।
- महेन्द्र खड्का
के हुनु नि ? केही हुँदैन । फेसबुक बन्द भए अर्को नयाँ सामाजिक सञ्जाल आउला नि ।
- सोनिया थापा
आजभन्दा दस वर्षअघि नेपालमा फेसबुक थिएन । अब पनि नभए के हुन्छ र ? केही पनि हुँदैन ।
- राज दंगाल
बन्द भए राम्रै होला ।
- सिर्जना सापकोटा
समय बिताउन सार्है गार्हो पर्ने थियो ।
- मनिष गौतम
औंलाले सुख पाउँथे ।
- जितु रोका
फेसबुक आन्दोलन हुन्छ होला ।
- सुहाना प्रधान
कुनै अर्को सञ्जाल प्रयोगमा आउँछ ।
- हरि अधिकारी
फेसबुक होइन, मानिसहरूको कुनियत बन्द हुनु आवश्यक छ । आफू सही भए कसैले केही गर्न सक्दैन ।
- अनुराग
पैसा तथा समयको बचत हुने थियो । खेतमा धान धेरै फल्ने थिए, मोबाइलको भाउ घट्ने थियो । किन थाहा छ ? किसानहरू पनि फेसबुकमा व्यस्त छन् ।
- कृष चितवन
बल्लबल्ल एउटीसँग प्रेम परेको छ, त्यो चैं छुट्थ्यो ।
- निमेष सुवेदी
म त्यसकै पर्खाइमा छु । फेसबुक बन्द भए म अर्को सफ्टवेयर बनाउँथें, ह्यान्डबुक भनेर । ए, साँच्चै कहिले हुने रे फेसबुक बन्द ?
- रवि बस्नेत
केही हुँदैन । फेसबुक चलाउने सबै केही न केही काममा व्यस्त हुन्छन् अनि विद्यार्थीहरूले पढाइमा बढी समय दिनसक्थे ।
- दीपक बस्नेत
पहिले कमै मात्र सामाजिक सञ्जाल थिए । तैपनि चलेकै थियो । यो फेसबुुक नभए पनि हुन्छ, बरु अझ जाती हुन्छ ।
- पुरन चाम्लिङ
फेसबुक नचलाए पनि बाँचिएकै थियो । के पो होला र ?
- देबथान कान्छा
लाखौं जनता बेरोजगार छन् । फेसबुक बन्द भए के होला र ?
- अशोक श्रेष्ठ
फेसबुक बन्द भए के भयो र ? टि्वटर, भाइबर, ह्वाट्स एप आदि छँदैछन् नि ।
- राजन भट्टराई, निराजन पुडासैनी
केही पनि हुँदैन । अब बूढो भइयो । तरुनीको तस्बिर हेर्नु छैन हामीलाई ।
- गिड चाम्लिङ
सम्भवत: नेपाल बन्द नै होला ।
- ज्याक गुरुङ
शान्ति छाउँथ्यो कि ?
- नवीन सादेम्बा
फेसबुकको दुरुपयोग भएको छ, बन्दै भए राम्रो ।
- चिनिङ राना
अरू केही हुँदैन, पैसा र समयको भने बचत हुन्छ ।
- रुप्स शर्मा