साप्ताहिक संवाददाता
सोमपालले १० औं नम्बरमा ब्याटिङ गरेर बनाएको ४० रन ट्वान्टी-२० क्रिकेटमा कीर्तिमान हो । यसभन्दा पहिले यो कीर्तिमान अफगानिस्तानका हमिद हसनको नाममा थियो । हसनले दक्षिण अफ्रिकाविरुद्द २२ रन बनाएका थिए । त्यसबाहेक सोमपालले उक्त खेलमा नेपालका लागि पनि विभिन्न कीर्तिमान बनाए । ६ चौका प्रहार गरेका सोमपालले एउटै खेलमा नेपालका लागि सबैभन्दा बढी छक्का हान्ने सुभाष खकुरेलको कीर्तिमानको बराबरी गरे । खकुरेलले बंगलादेशमा भएको ट्वान्टी-२० विश्वकपमा अफगानिस्तान विरुद्ध ६ वटा चौका प्रहार गरेका थिए ।
त्यस्तै यसअघि ज्ञानेन्द्र मल्लले र सुभाष खकुरेलले नेपालका लागि एक-एक छक्का प्रहार गरेका थिए भने सोमपालले उक्त खेलमा दुई छक्का प्रहार गरेका थिए । सोमपालले बनाएको ४० रन नेपाली खेलाडीले नेपालका लागि बनाएको चौथो उच्च स्कोर हो । सुवास खकुरेल ९अफगानिताविरुद्ध ५६ रन०, ज्ञानेन्द्र मल्ल ९हङकङविरुद्ध ४८ रन्ा० तथा कप्तान पारस खड्का ९ हङकङ र बंगलादेशविरुद्ध ४१-४१ रन० मात्र सोमपालभन्दा अघि छन् ।