विहीबार भएको उद्घाटन खेलमा विमलकै गोलको सहारामा डीसीटी फुटबल क्लब सुनसरीविरुद्ध चर्चब्वाइज क्लब विजयी भयो । खेल सकिएपछि उनीसँग तस्बिर खिचाउनेहरूको ओइरो नै लाग्यो । मोबाइलबाट तस्बिर खिचेर फेसबुकमा अपडेट गरिरहेका थिए । 'मैले विमलसँग तस्बिर खिचेर फेसबुकमा अपलोड गरेपछि अहिलेसम्मकै बढी लाइक पाए ।' मोरङ उर्लाबारीकी स्मिता राई हौसिँदै थिइन्- 'पत्रपत्रिकामा विमल घर्तीमगरको तस्बिर र समाचार मात्र पढेको थिएँ, आज त प्रत्यक्ष देख्ने अवसर पाइयो ।'
खेलको दोस्रो दिन विमल रंगशालामा सेतो टि-सर्ट र कालो ज्याकेटमा ठाँटिएर खेल हेर्न आएका थिए । उक्त दिन पनि प्रशंसकहरूले उनलाई घेेरिहाले । प्रशंसकहरू विमलसँग तस्बिर खिचाउन तथा उनीसँग गफ गर्न चाहन्थे । ५ फुट १० इन्च अग्ला विमल भने युवाहरूसँग दिल खोलेरै गपि“mदै थिए भने युवतीहरूसँग अलि लजाएजस्ता देखिन्थे । झापा बिर्तामोडबाट खेल हेर्न आएका रोस्मन साम्पाङ भन्दै थिए- 'म त विमलको कान-कान मात्र पुग्दो रहेछु । निकै हाइटी रै'छन् विमल घर्तीमगर ।' अन्तत: झापा-११ सँग चर्चब्वाइज क्लब पराजित भयो । धेरै दर्शक भन्दै थिए- अब भोलिदेखि त विमललाई देख्न नपाइने भयो ।