साप्ताहिक संवाददाता
- रोशनी शर्मा, तुलसी शर्मा
बधाई छ निश्माजी, तपाईंको चलचित्र राम्रोसँग चलोस् । (अन्तरकुन्तर कुराकानी : निश्मा घिमिरे, मंसिर १२)
- धनबहादुर बोहोरा
विनोद सापकोटाजीका बारेमा पढेर खुसी लाग्यो । उहाँको जस्तै सोच सबैको भैदिए नेपालले पनि प्रगति गर्ने थियो । -युवा किसानको कथा, मंसिर १२)
- चन्द्रप्रकाश कटुवाल, कमल पोखरेल, राम एनपी
नारद कुँवरसँगको अन्तर्वार्ताबाट धेरै जानकारी पाइयो । -एक वर्षमै ५० प्रतिशतले सडक दुर्घटना कम गर्न सकिन्छ, नारद कुँवर, मंसिर १२) न्युजिल्यान्ड सरकारले जस्तै हाम्रो सरकारले पनि त्यस्तै प्रकारका सडक विस्तार गरोस् ।
- टेक पुन
लोकदोहोरीप्रति क्रेज बढ्नु त राम्रै कुरा हो नि । (लोकदोहोरीको रन्को, मंसिर १२) कलाकारहरूको बाँच्ने आधार पनि यिनै महोत्सव, कार्यक्रमहरू त हुन् ।
- रामबहादुर रानाभाट, पोखरा
यस्तै हो नेपालीहरूको जिन्दगी । (कतारमा नेपाली कामदार, मंसिर १२) देशमा रोजगारी छैन, बाध्यताले बिदेसिनुपर्छ । के गर्नु अरू विकल्प नै छैन ।
- सबिन असफल
सुखद खबर हो । बधाई छ प्रिन्सा श्रेष्ठजी । (मिस अर्थमा पहिलो सफलता, मंसिर १२) आगामी दिनमा अझै सफलता मिलोस् ।
- नवराज मल्ल
साप्ताहिक युवाहरूको लोकप्रिय पत्रिका हो, तर यसका कतिपय स्तम्भ त्यति रुचिकर छैनन् । बरु उक्त ठाउँमा लोकसेवा आयोगको तयारीसम्बन्धी सामग्री प्रकाशन गर्नु उपयुक्त हुन्छ ।
- प्रयास अधिकारी
नेपालका वैज्ञानिकहरूको आविष्कारका बारेमा पढ्न पाए हुन्थ्यो । साप्ताहिकमा कृषिसम्बन्धी जानकारी दिँदा कसो होला ?
- नवराज खड्का, बारा