साप्ताहिक संवाददाता
सृजन श्रेष्ठ, इमेलबाट
डा. सुदन झा, प्रविधिविज्ञ
iPad को होम बटन सानो, गोलाकार आइकनका रूपमा देखिन्छ जुन स्क्रिनको सबैभन्दा तल एउटा बक्सभित्र कोरिएको हुन्छ । यसले iPad को अनस्क्रिन कन्ट्रोलभन्दा बाहिर रहेर धेरै अरू कुराको कन्ट्रोल गर्ने खुबी राख्छ । यसले iPad अन गर्न, कुनै एप्लिकेसन चलिरहेको छ भने त्यसलाई बन्द गर्न एवं नेभिगेसनको प्रथम पेज खोल्न मद्दत गर्छ । यो होम बटन र स्क्रिनको माथि रहेको suspend बटन दुवैलाई एकसाथ थिच्दा स्क्रिनको स्न्यापसट (snapshot) पनि लिन सजिलो हुन्छ । त्यसबाहेक होम बटनलाई डबल क्लिक गर्ने हो भने यसले पछिल्लो पटक खोलेका एप्लिकेसनहरूको सूची पनि देखाउँछ ।
त्यसैगरी 'sleep/wake' button स्क्रिनको सबैभन्दा माथि दायाँ भागमा हुन्छ । यसलाई हार्डवेयर बटन पनि भनिन्छ । यसले चाहेको बेलामा ष्उबम लाई बन्द गर्न वा चाहेको बेलामा खोल्न पनि सकिन्छ । यो बटनमार्फत् सिस्टमलाई रिस्टार्ट गर्न सकिन्छ । त्यसैले यसलाई कगकउभलम बटन वा होल्ड बटन पनि भनिन्छ ।