- स्वरूपराज आचार्य, गायक
हामी नेपालीहरूको स्वभाव र बानी हेर्ने हो भने त हरेक साता नरेन्द्र मोदीजी नेपाल भ्रमणमा आउनुपर्ने हुन्छ । मोदीजी आउने भनेपछि काठमाडौं मात्र होइन, जनकपुरजस्तो फोहर सहर पनि सफा भयो ।
- सुमित मैनाली, निर्माता
मोदीजीले भ्याउनुभएको खण्डमा हप्तामा एकपटक नभए पनि महिनामा एकपटक काठमाडौं आइदिनुपर्ने भयो । अरू त त्यस्तै हो, मोदीजीलाई इम्प्रेस्ड गर्न हाम्रा नेताहरू रातदिन नभनी खट्दा रहेछन् भन्ने बुझियो ।
- मिलन अमात्य, गायिका
जनचेतनाका लागि तुरुन्तै सन्देशमूलक विज्ञापन बनाएर सम्पूर्ण टेलिभिजन च्यानलबाट प्रसारण गराउनुपर्यो, जसले गर्दा काठमाडौंवासीमा काठमाडौंको माया जागोस् ।
- नम्रता झा, नायिका
भारतमा जस्तै एउटा मोदी नेपालमा पनि खोज्नुपर्यो, त्यसका लागि चियापसलतिर प्रहरी लगाएर सर्च हान्नुपर्यो । मेयरमा स्थापितलाई ल्याउनुपर्यो, उसले बाटो मात्र होइन, घरै साफ गरिदिन्छ । अर्को कुरा सफाइ टुरका नाममा सम्पूर्ण काठमाडौंवासीलाई एकहप्ते सिंगापुर भ्रमण गराउनुपर्यो ।
- दीपकराज गिरी, हास्यकलाकार
हरेक व्यक्तिको सोच सफा हुनुपर्यो । आफ्नो बानी-व्यवहार सफा राख्नुपर्यो अनि बल्ल काठमाडौं सफा हुन्छ ।
- देविका बन्दना, गायिका
काठमाडौंलाई सधैं सफा राख्न फोहर गर्नु हुँदैन ।
- शिवहरि पौड्याल, हास्यकलाकार
साँच्चै भन्ने हो भने काठमाडौं बल्ल राजधानीजस्तो देखिएको छ । यो सार्क सम्मेलन वर्षको दुई पटक गरेर काठमाडौं सफा हुन्छ भन्दिनँ म, हामी आफैंले जिम्मेवार नागरिकका रूपमा सरसफाइमा ध्यान दियौं भने मात्र काठमाडौं सफा हुन्छ ।
- डिजे शिशिर
सबैको मनमा स्वच्छ र सफा देश निर्माण गर्ने भावना आउनुपर्छ । अहिले सार्कले गर्दा नयाँ नेपाल बनेको छ । यसलाई नगरपालिका र सरकारले विशेष ध्यान दिए सबैको साथ पनि मिल्छ ।
- निकेश खड्का, निर्देशक/भिजे
'आफू भलो त जगत् भलो' भनेजस्तै पहिले आफू सफा हुनुपर्यो, त्यसपछि शहर सफा हुन्छ, होइन भने सार्कजस्तै हरेक महिना कुनै न कुनै सम्मेलन काठमाडौंमा हुनुपर्छ !
- कमल श्रेष्ठ, ग्ल्यामर फोटोग्राफर
काठमाडौंलाई सफा राख्नुपर्छ भन्ने फिलिङ्स सबैको मनैदेखि आए मात्र सफा हुन्छ । सबैले आफू र आफ्नो देश सफा राख्नुपर्छ भन्ने भावना मनमा विकास गरे भने अवश्य सफा हुन्छ ।
- कमल खत्री, गायक
जथाभावी फोहर फाल्नु हुँदैन, जानी-जानी जथाभावी फोहर गर्ने व्यक्तिलाई देख्नेबित्तिकै जरिवाना तिराउनुपर्छ ।
- सञ्जना श्रेष्ठ, गायिका
नरेन्द्र मोदीज्यूलाई बारम्बार काठमाडौं बोलाउनुपर्ला, होइन भने आफैं सचेत हुनु अत्यन्तै आवश्यक छ । आशा गरौं, भविष्यमा पनि यस्तै सुन्दर र सफा काठमाडौं देख्न पाइनेछ ।
- अमिर शेख, गायक
एकले थुकी सुकी सयले थुकी नदी भनेजस्तै सबै मिलेर काठमाडौं सफा राख्नुपर्छ । सम्बन्धित क्षेत्रले दिगो एवं कडा नियम-कानुन बनाउनु आवश्यक छ । हरेकले परिवर्तन आफूबाटै सुरु गर्नु पनि उत्तिकै आवश्यक छ ।
- सुजित थापा, कलाकार