साप्ताहिक संवाददाता
मंसिर १९, २०७१
सेलेनाको नराम्रो प्रतिमा
जर्मनीको राजधानी बर्लिनस्थित मेडल तुसाद म्युजियममा अमेरिकी गायिका सेलेना गोमेजको मैनको प्रतिमालाई उनकै प्रशंसकहरूले नराम्रो मानेका छन् । सेलेनाको उक्त मूर्तिको तस्बिर सञ्चारमाध्यमबाट सार्वजनिक हुनेबित्तिकै सामाजिक सञ्जालमा उक्त तस्बिरलाई मजाकको विषय बनाइएको छ । भनिन्छ, उक्त आकृतिको अनुहार सेलेनाको भन्दा धेरै फरक छ । कतिपय सञ्चारकर्मीले मेडल तुसादको उक्त प्रतिमा हालसम्मकै सबैभन्दा खराब भएको टिप्पणी गरेका छन् ।