साप्ताहिक संवाददाता
नयाँ एल्बमका लागि गीतहरू रेकर्ड गराइरहेकी छु । सांगीतिक कार्यक्रमका साथै समाजसेवामा पनि व्यस्त छु । भर्खरै नयाँ गीत 'जीवनसाथी' को म्युजिक भिडियो पनि सार्वजनिक गरेकी छु । एउटा गीतको भिडियो निर्माणको क्रममा छ ।
पछिल्लो समय युगल गायनमा रमाइरहनुभएको छ नि ?
मलाई श्रोताहरूले एकलभन्दा युगल गायनमै मनाउनुभएको छ । मिङ्मा शेर्पासँगको 'पिरतीको मीठो तिर्सना' होस् अथवा कमल खत्रीसँगको 'सुन र चाँदी' होस् वा शिवम लामासँगको 'जीवनसाथी' नै किन नहोस्, मैले युगल गायनबाटै सफलता पाएकी छु । भर्खरै मात्र मैले टिभिएस सारेगमका प्रतिस्पर्धी कर्मा शेर्पासँग पनि युगल गीत गाएकी छु ।
ँपिरतीको मीठो तिर्सना...’ रिमिक्स गरेपछि हराउनुभयो नि ?
मलाई श्राेतामाझ स्थापित गराउने उक्त रिमिक्स गीत लोकप्रिय भएपछि सांगीतिक कार्यक्रमहरूमा बढि व्यस्त भएँ । गायक मिङ्मा शेर्पासँगको उक्त गीतपछि थुप्रै नयाँ गीत पनि रेकर्ड गराइसकें तर श्रोताहरूले मलाई त्यही गीतबाट बढि चिन्नुहुन्छ ।
नयाँ गीत ँजीवन साथी’ बाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
गायक शिवम लामासँगको उक्त युगल गीतबाट सकारात्मक प्रतिक्रिया पाएकी छु । खासगरी म्युजिक भिडियो प्रदर्शन भएपछि यो गीतको चर्चा चुलिएको छ ।
अघिल्ला दुई एल्बमपछि तेस्रो एल्बमको तयारी गर्नुभएन नि ?
अचेल एल्बमभन्दा सिंगल ट्रयाक नै बनाउने चलन छ । 'आयो रे' तथा 'आबेला' एल्बमपछि सिंगल ट्रयाकमै बढी व्यस्त भएकाले तेस्रो एल्बमका बारेमा सोचेकै छैन ।
कन्सर्टहरूमा कस्तो सहभागिता छ ?
म लामो समयदेखि चितवनमा छु । म क्यान्सर अस्पतालका अनाथ बालबालिकाहरूको सहयोगमा पनि व्यस्त छु । चितवनमा आयोजना हुने सांगीतिक कार्यक्रमहरूमा सहभागिता जनाइरहेकी छु ।
सामाजिक कार्यप्रति कसरी रहर जाग्यो ?
क्यान्सरका कारण मैले आफ्नो परिवारको अत्यन्त नजिकको सदस्य गुमाउनुपरेपछि यो रोगबाट पीडित बालबालिकालाई सहयोग गर्न मन लाग्यो । मैले क्यान्सरबाट पीडित करिब ५० जना बालबालिकाको उपचारमा सहयोग पुर्याइसकेकी छु । यो कार्यलाई भविष्यमा पनि निरन्तरता दिइरहनेछु ।