बाँके-४, वसुदेवपुर बस्ने प्रतापसिंह शिखका छोरा महेश सिंह शिखको विवाह हिरमिनिया-६, सिख्खनपुरुवाकी मनीषा कौरसँग गरिएको छ भने दशरथपुरवा-५ का शिवचरण सिंहका छोरा जसपाल सिंहको हिरमिनिया-६ सिख्खनपुरकी स्नेह कौरसँग भएको छ । 'गरिब र खान लाउन नै धौ-धौ भएका परिवारका चेलीहरूको नियमित रूपमा नि:शुल्क विवाह गर्दै आएका छौं,' गुरुनानक देव सेवा सोसाइटीका मुख्य सेवादार मजित सिंहले भने ।
कलिलो उमेरमा बा-आमा गुमाएका ती दुई जना दिदीबहिनीको विवाह समारोह आयोजित गर्दै सोसाइटीले सक्दो दाइजोसमेत दिएको छ । ती दुई दिदीबहिनी मामाको घरमा बस्दै आएका थिए । उनीहरूको सामाजिक परम्परा कायम राख्दै दाइजासहितको विवाह गरिदिएको गुरु नानक देव सेवा सोसाइटी इन्टरनेसनलअन्तर्गतको गुरुनानक सेवाका म्यानेजर रणवीर सिंहले बताए ।
गुरुनानकले करिब १ लाख २० हजार बराबरको दाइजो र विवाह खर्च गरी कुल १ लाख ८० हजार खर्च गरेर दुई दिदीबहिनीको विवाह गरिएको म्यानेजर सिंहले बताए । विवाहमा दाइजो कसरी दिने र विवाह कसरी गर्ने भन्ने तनावमा परेका बेला गुरुनानक सेवाले लगाएको गुण कहिल्यै नबिसर्ने परिवारका सदस्यहरूले बताए ।
च्याउ खोज्दा गाँजा फेला
इन्जिनियरिङका छात्र ओस्कार लेरिन आफ्नी प्रेमिकाका साथमा लन्डन पार्कस्थित जंगलमा च्याउको प्रजाति खोज्न जाँदा व्यवस्थित रूपमा रोपिएको गाँजा देखेर छक्क परे । लागू पदार्थको श्रेणी राखिएको गाँजा लन्डन पार्कको झाडीमा व्यवस्थित रूपमा रोपिएको देखेर दुवैले गाँजाका पात देखाउँदै तस्बिरसमेत खिचाएका थिए । उनीहरूका अनुसार उक्त गाँजा आफैं उमि्रएको होइन कि व्यवस्थित रूपमा रोपिएको देखिन्छ । गाँजा रोपिएको भागमा अलग्गै माटो र छोउमै प्लास्टिक समेत छ । यसरी लन्डनको मध्य भागमा गाँजा खेती गरिएको पाइएपछि अहिले बेलायती प्रहरीको टाउको दुखाइ भएको छ । ओस्कारका अनुसार सवारी साधन गुड्ने बाटोबाट केही मिटर भित्र झाँडीमै गाँजाको खेती छ ।