'सुपर मोडल इन्टरनेसनल नेपाल' शीर्षकको प्रतियोगिताको दोस्रो संस्करणकी विजेताले 'सुपर मोडल इन्टरनेसनल' मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । स्वादी इन्टरनेसनल नेपालको आयोजनामा सञ्चालन हुने यो प्रतियोगितामा सहभागी हुन इच्छुक युवती १६ देखि २६ वर्ष उमेर समूहभित्रको हुनुपर्ने, कम्तीमा ५फिट ६ इन्च हुनुपर्ने तथा आवेदक म्याद ननाघेको पासपोर्ट धनी हुनुपर्नेछ । यसअघि २०१३ को संस्करणमा आस्था सुपर मोडल इन्टरनेसनल नेपाल घोषित भएकी थिइन् । उनले थाइल्यान्डको बैंककमा सम्पन्न सुपर मोडल इन्टरनेसनल-२०१३ मा नेपालका तर्फबाट सहभागिता जनाएकी थिइन् ।