राजेश पायल राईले अमेरिका यात्राको क्रममा दक्षिण डकोटामा आयोजित भव्य कन्सर्टमा संलग्न हुँदै बिदाइ मागे । अमेरिका टुरका क्रममा करिब दुई दर्जन स्थलमा आफ्नो स्वरको जादु प्रस्तुत गरेका राईले अमेरिकामा बस्दै आएका नेपालीहरूको न्यानो माया पाएको जानकारी दिए । पछिल्लो १५ दिनमा उनले मिसिगन, सन्फ्रान्सिस्को, रोस्टर, इसासिता, बस्टनलगायतमा सांगीतिक प्रस्तुति दिएका थिए । दक्षिण डकोटामा आयोजित कार्यक्रम गुरुङ समाजले आयोजना गरेको थियो । कार्यक्रममा दर्शकलाई मस्तसँग नचाएका दर्शन नमस्ते गायकले केही समयपछि पुन: अमेरिका आउने वाचा पनि गरे । गायक राईले अब क्यानाडा, मकाउ, बहराइन र कतारका कार्यक्रमका लागि जाने बताए ।