मंसिर १९, २०७१
कपिलवस्तु
हमालले महोत्सवमा डान्स आइडल छमछमी कला समूह, चन्द्रौटालाई पुरस्कार एवं प्रमाणपत्र पनि वितरण गरे । फाइनलमा पुगेका सात जना प्रतिस्पर्धीलाई भोटका आधारमा पछाडि पार्दै छमछमी समूह पहिलो भएको थियो । आइडलमा बबी बूढामगर दोस्रो तथा वर्षा रानामगर तेस्रो स्थान ओगट्न सफल भए ।
'लागू औषधको निषेध गरौं, समावेशी, धार्मिक, सांस्कृतिक सद्भाव कायम गरौं' भन्ने नाराका साथ आयोजित महोत्सवमा कृषिजन्य उत्पादनदेखि लिएर उपभोग्य, लत्ताकपडा, जडीबुटी, घरेलु तथा हस्ताकलाका स्टलहरू राखिएका थिए । मंसिर ३ देखि १४ गतेसम्म १२ दिन सञ्चालित महोत्सव ८० हजार बढी दर्शकले अवलोकन गरेको बताइन्छ ।