साप्ताहिक संवाददाता
- सोलो रक
फेसबुक क्रेजीहरू निराश हुन्छन् । अरू त के नै होला र ?
- राम चेम्जोङ
केही हुनेवाला छैन, कालो गए गोरो आउँछ ।
- तुलबहादुर
मानिसहरू आफ्नो तस्बिर प्ले कार्डमा बनाएर बाटोमा कराउँदै प्लिज लाइक माइ फोटो भन्दै दौडन्छन् होला ।
- प्रतीक अग्रवाल
मेरा आमा-बुबाले फेसबुक चलाउनु हुन्न । उहाँहरूलाई केही भएको छैन । बन्द भए पनि फरक पर्दैन ।
- राजेन्द्र गुरुङ
बी च्याट छँदैछ नि ।
- कृष्ण विवस केसी
फेसबुक बन्द भए अर्कै बुक आउँछ नि ।
- लक्ष्मण थापा क्षेत्री
फेसबुक बन्द भए, म त नोटबुक प्रयोग गर्थें ।
- राजु राना
सबै जना राजनीतिमा लाग्थे होला ।
- कमिलो
केटी साथीसँग गफ गर्न पाइँदैनथ्यो ।
- रबिन तमु
पैसा जोगिन्थ्यो ।
- विजय भुजेल
फेसबुक बन्द भए मिग, ह्वाट्स एप आदि छँदैछन् नि ।
- सागर पाण्डे
फेसबुक बन्द भए अर्को कुनै त्यस्तै सामाजिक सञ्जाल आउला नि ।
- कृष्ण श्रेष्ठ
फेसबुक नै चलाउनुपर्छ भन्ने के छ र ? विकल्प अरू पनि त छन् नि ।
- नाम्लिङ लिम्बू
सबैले भाइबरबाट च्याट गर्थें ।
- विजय सुब्बा
धेरैलाई मानसिक आघात पर्ने थियो ।
- शरद सापकोटा
फेसबुक बन्द भए म त एक्लो हुन्छु यार ।
- मौसम लामा
फेसबुकको विकल्प आइसकेको छ, केही हुँदैन ।
- सलिन अर्जेल
फेसबुक बन्द भए भाइबर, काकाओटक, राउन्ड प्रयोग गरौंला नि ।
- साबिरिका राई
के होला र ? आकाशै खस्ने कामचाहिँ हुँदैन होला ।
- भरत खड्का
हजार विकल्प छन् । राजा वा नेता मर्दैमा देश मर्छ र ?
- लक्की सोनाम
आन्दोलन हुन्छ ।
- राजु प्रयास
फेरि चिठीपत्रको प्रचलन सुरु हुने थियो । मोबाइल नहुँदा के-को टेन्सन ? इन्टरनेट र फेसबुक नहुँदा केही पनि हुदैन ।
- प्रेम मगर
के हुनु ? पैसा जोगिन्छ नि ।
- अविसन, गोपाल आले मगर
अन्तै समय सदुपयोग गरिन्छ नि ।
- अशोक भुजेल, दीपक दाहाल
अति राम्रो हुन्छ ।
- दिनेश आले
धेरैलाई हर्ट एट्याक हुन्छ ।
- उद्धव कार्की
मानिस अन्धो हुन्छ ।
- निशा अबिरल
टि्वटरले नाम कमाउँछ ।
- रबिन
मोबाइल, ल्यापटप, कम्प्युटर र मानिसका आँखाहरू ह्याङ नभै चल्ने थिए ।
- राजेश राई
सार्है राम्रो हुन्थ्यो ।
- दीपक क्षेत्री
नयाँ साथी भेटिँदैनथे ।
- समर्पण समीप
बबाल हुने थियो ।
- सुरज सहानी
फेसबुक बन्द भए केही हुँदैन । बरु फोन बन्द भएचाहिँ केही हुन्थ्यो ।
- जे पुन
मार्क जुकरबर्ग बेरोजगार हुन्थे ।
- सफल श्रेष्ठ