मंसिर १९, २०७१
मोरङ (पथरी)
फाइनल खेल सुरु भएको सातौं मिनेटमा आर्मीका दीपक गुरुङले गोलको खाता खोलेका थिए । दोस्रो हाफको १० मिनेटमै आर्मीका हेमन मगर दुईवटा एल्लो कार्ड खाँदै खेलमैदान छाड्न बाध्य भए । त्यसपछि १० खेलाडीमा सीमित आर्मीका लागि दोस्रो हाफको २३ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गरे । खेलको म्यान अफ द म्याच झापा ११ का योगेश गुरुङ, हाइस्कोरर २ गोल गर्ने खेलाडीहरू क्रमश: पथरी स्पोटिङका हेमन्त मगर, आर्मीका नवयुग श्रेष्ठ तथा आर्मीकै दीपक गुरुङ घोषित भए । फाइनल खेलको सर्वाेत्कृष्ट खेलाडीको उपाधि आर्मीका नवयुग श्रेष्ठले पाए ।