मिस तमुस्यो सन्ध्या

मिस तमुस्यो सन्ध्या

मंसिर १९, २०७१

नेपाल तमु विद्यार्थी छोंज धीं कास्कीले आयोजना गरेको मिस तमुस्यो नेपाल-२०१४ को उपाधि लम्जुङ पसगाउँकी सन्ध्या तमुस्योले जितेकी छिन् । १७ जना प्रतियोगीलाई पछि पार्दै उपाधि जितेकी सन्ध्याले उपाधिसहित नगद ५० हजार रुपैयाँ, विभिन्न गिफ्ट ह्याम्पर एवं हङकङ भ्रमणको अवसार प्राप्त गरिन् । उनले उपाधिसहित भ्यूअर च्वाइस एवार्ड पनि जितिन् । सन्ध्याले एउटा म्युजिक भिडियोमा काम गर्ने अवसर समेत प्राप्त गर्नेछिन् ।

उक्त प्रतियोगितामा दोलखाकी अनिता तमुस्यो फस्ट रनर्सअप भइन् भने कास्कीकी कला तमुस्यो मिस पपुलरको उपाधिसहित सेकेन्ड रनर्सअप घोषित भइन् । प्रतियोगितामा लमजुङकी सुजन तमुस्यो मिस ट्यालेन्ट, कास्कीकी उषा तमुस्यो बेस्ट पर्सनालिटी, चितवनकी सुजिता तमुस्यो बेस्ट हेयर, कास्कीकी रूपा तमुस्यो बेस्ट वाक, तनहुँकी शशि तमुस्यो बेस्ट स्माइल, नवलपरासीकी पूनम तमुस्यो बेस्ट फिगर, कास्कीकी पुजा तमुस्यो बेस्ट फोटोजेनिक तथा कास्कीकी प्रविना तमुस्योले बेस्ट पपुलरको उपाधि जितेका थिए ।

प्रकाशित :मंसिर १९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×