साप्ताहिक संवाददाता
- रविन राई
पेसाकर्मी भएर सबैभन्दा बढी कर बुझाउने व्यक्तिलाई सम्मान गर्ने परम्पराको थालनी गर्नुपर्छ ।
- सुरेश खत्री, गौतम बस्नेत
आममानिसको कुरा र उनका बाबा-आमाको कुथाले मेरो मन रोयो । मिल्काको अनुरोध पूरा होस् । उनले भनेको कुरा सही हो- हामीलाई जातीय राज्य होइन । सबैलाई समान अधिकार र अवसर भएको देश चाहिएको छ ।
- ५५९५
सट्टा आमा शीर्षकको कभर स्टोरी मन पर्यो । बलवान् गर्भवतीको कुरा रहस्यमय लाग्यो । नेपाली महिलालाई पनि त्यस्तै बलवान बनाउनुपयो । जे होस् साप्ताहिकमार्फत नयाँ-नयाँ कुरा जान्ने मौका मिलिरहेको छ ।
- ९८३१
साप्ताहिकमा बलिउड चलचित्रसम्बन्धी जानकारीहरू पनि प्रकाशन गर्नु उपयुक्त हुन्छ । युवा पुस्तालाई यस विषयमा प्रशस्तै चासो छ ।
- द्रोण खड्का, काठमाडौं
डा. भोला रिजालको कथा राम्रो लाग्यो । (जीवनशैली : डा. भोला रिजालको कथा, मंसिर १९) उहाँको काम प्रशंसनीय छ । उहाँको कथाबाट धेरैले प्रेरणा प्राप्त गर्न सक्छन् । आउने दिनहरूमा पनि साप्ताहिकले यस्तै सान्दर्भिक सामग्रीहरू प्रकाशन गरोस् ।
- बीएस धामी, कञ्चनपुर
आइप्याड तथा ल्यापटपमा आइपर्ने अरू समस्याका बारेमा पनि जान्न पाए हुन्थ्यो । (प्रविधि, मंसिर १९)
- नवीन कटुवाल
तपाईंको लगाव ठूलो रहेछ । (डिजे किट्टु, मंसिर १९) अब यसमै भविष्य बनाउनुहोला ।
- तिलक बाँस्तोला
फरक कथा र शैली प्रस्तुत नगरुन्जेल दर्शकको मन जित्न सकिँदैन । (चलचित्र : नाइके र रंग बैजनी, मंसिर १९) अब प्रशस्त मेहनत गर्नुपर्ने देखिन्छ ।
- सुबोध शाह
सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु सबैको कर्तव्य हो । (सार्वजनिक सम्पत्तिको सुरक्षा, मंसिर १९) त्यसका लागि हामी सबै जुट्नुपर्छ ।
- भुवन बस्याल