प्रमित, इमेलबाट
प्राय:जसो सिस्टममा चलाइराखेको एप्लिकेसन बन्द गरे पनि backend मा तिनीहरू चलिरहेकै हुन्छन् । उदाहरणका लागि तिनका केही features हरू, तिनका रिङटोनहरू आदि । यसरी ती एप्लिकेसन backend मा चलिरहनुको मुख्य कारण प्रयोगकर्ताले फेरि त्यसलाई खोल्न खोज्दा छिटो खोलियोस् भन्ने पनि हो । यसले त्यस्ता एप्लिकेसनलाई समस्याग्रस्त पनि बनाउन सक्छ । यदि त्यसो हो भने सबैभन्दा पहिले उक्त एप्लिकेसनलाई बन्द गर्नुपर्ने हुन्छ । त्यसका लागि होम बटनलाई दुई पटक लगातार थिच्नुपर्छ । त्यसपछि त्यसको लिस्टमा आफूले बन्द गर्न खोजेको एप्लिकेसन पनि देखिन्छ । अब बन्द गरिएको एप्लिकेसनको आइकनलाई थिचिरहने हो भने केही समयका लागि आइकन हल्लिएको आभास हुन्छ । त्यसपछि रातो गोलाकार चित्र देखिन्छ जसमा '-' लेखिएको हुन्छ । यसपछि उक्त एप्लिकेसन पूर्णतया बन्द हुन्छ । यसले एप्लिकेसन बन्द मात्र होइन iPad को मेमोरी खपत कम गर्न पनि मद्दत गर्छ ।
यति गर्दा पनि iPad को एप्लिकेसन बन्द हुँदैन वा backend मा चलिरहेको छ भने आफ्नो सिस्टमलाई reboot गर्नैपर्ने हुन्छ । यसका लागि sleep/Wake बटन र होम बटन दुवैलाई एकसाथ केही समयका लागि थिचिरहनुपर्छ र होल्ड गर्नुपर्छ । सिस्टम आफैं रिस्टार्ट हुन्छ ।